काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ७०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन २३ गते सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।