काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो ।
बैंकको २० औं साधारण सभा मंसिर ६ गते धरानमा रहेको सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रु १ लाख भन्दा बढिको खर्च अनुमोदन गर्ने, आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1)(1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                