बुधबार, बैशाख २,२०८३ 02:06:56
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 02:06:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन महिनामै डबल डिजीटको रिटर्न खोज्दै हुनुहुन्छ ? यो सेयर हुनसक्छ विकल्प

Bizshala
तीन महिनामै डबल डिजीटको रिटर्न खोज्दै हुनुहुन्छ ? यो सेयर हुनसक्छ विकल्प
Shivam Cement

काठमाण्डौ । जोखिमरहित ढंगले १५ प्रतिशत हाराहारीमा रिटर्न हुने कुनै सेयर वा लगानी उपकरणको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने एउटा विकास बैंकको सेयरमा लगानी तपाईका लागि लाभदायक हुनसक्छ ।  

आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाहरुले धमाधम प्रकाशन गरिरहेका छन् । यो क्रममा तीनवटा जिल्लामा कार्यक्षेत्र रहेको मितेरी डेभलपमेन्ट बैंकको सेयरमा लगानी गर्नु तपाईका लागि सही हुनसक्छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कारण यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबारमूल्य प्रतिकित्ता ६२० रुपैयाँ मात्र रहेको छ ।  

प्रतिकूल समयका बाबजुद यो विकास बैंकले गत वर्षको तुलनामा आफ्नो लाभांश क्षमता बढाएको छ ।  

२०८०–८१ को चौथो त्रैमाससम्ममा कम्पनीले १५ प्रतिशतसम्मको लाभांश बाँड्ने क्षमता बनाएको छ । अघिल्लो वर्ष यस्तो क्षमता १४ प्रतिशत हाराहारीमा थियो ।  

कम्पनीले छिटोमा दशैंअघि र ढिलोमा तिहारअघिसम्म लाभांश घोषणा गरी एजीएमबाट पारित गरिसक्छ । यसरी हेर्दा अहिले गरिएको लगानीले मात्र ३ महिनामा १५ प्रतिशत हाराहारीमा रिटर्न प्राप्त गर्नसक्छ ।  

सानो विकास बैंक र भविष्यमा अन्यत्र समेत व्यवसाय विस्तार गर्न खोजिरहेकोले लाभांशसम्बन्धी निर्णय गर्दा कम्पनीले बोनस सेयरमै विशेष फोकस गर्नसक्छ । यस्ता कम्पनीमा हुने तपाईको लगानीमा तुलनात्मक रुपमा कम जोखिम हुनसक्छ ।  

पछिल्लो समय सेयर बजारमा नेगेटिभ इपीएस भएका र लाभांश बाँड्ने क्षमता नै नभएका कम्पनीको सेयरमूल्य समेत रकेटको गतिमा उडाइएको छ । कतिपय नेगेटिभ इपीएस भएका फाइनान्स कम्पनीको सेयरमूल्य समेत प्रतिकित्ता ७०० भन्दा बढी पुगिसकेको अवस्थामा प्रतिसेयर आम्दानी रु. १४.३६ कायम गरेको र १५ प्रतिशत लाभांश क्षमता बनाएको मितेरी डेभलपमेन्ट बैंकको सेयर दोश्रो बजारमा ६२० रुपैयाँमै पाउनु लगानीका लागि अवसर पनि बन्नसक्छ ।  

वित्तीय अवस्था

चौथो त्रैमाससम्ममा यो बैंकले १५ करोड ९५ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्ष १६ करोड बढी थियो ।  

अघिल्लो वर्ष २३ करोड ३२ लाख रहेको सञ्चालन मुनाफा बढेर २४ करोड ५९ लाखको उचाईमा पुगेको छ ।  

कुल १ अर्ब ११ करोड चुक्तापूँजी रहेको यो कम्पनीले समीक्षा अवधिका लागि १६ करोड ६७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  

यो एकवर्षको अवधिमा कम्पनीले खराब कर्जाको अनुपातलाई उल्लेख्य घटाउन सफल भएको देखिन्छ । अघिल्लो वर्षको यही समयसम्म १.२५ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर समीक्षा अवधिमा ०.९७ प्रतिशतमा सीमित बन्न पुगेको छ । यसले समेत मितेरीलाई वितरणयोग्य मुनाफा बढाउन सहयोग पुगेको हो ।  

समीक्षा अवधिमा मितेरी डेभलपमेन्ट बैंकको प्रतिसेयर नेटवर्थ १४४.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.६१ गुणा, पूँजीकोष अनुपात ३७.७० प्रतिशत कायम भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.