काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरान, सुनसरीमा बैकको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले आव २०८०/२०८१ को मुनाफाबाट सेयरधनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
सो लाभांश वितरणपश्चात बैकको चुक्तापुँजी १ अर्ब २१ करोड भन्दा वढी भएको र प्रदेश स्तरीय ”ख” वर्गको विकास बैकको रुपमा स्तर उन्नती गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा बैंकका प्रमुख कर्यकारी अधिकृत अनन्त कुमार चापागाईले पदभार ग्रहण गरेका छन् । मंगलबार माघ १ गते बैकको केन्द्रिय कार्यलयमा संचालक समितिका अध्यक्ष किसन मास्के तथा अन्य सञ्चालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका वीच सिइओ चापागाँइले पदभार ग्रहण गरेका छन् । बैक सञ्चालक समितिले चापागाँईलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैकमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाँइले संस्थागत शुसासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सवल, सक्षम र उदारहणीय बैक बनाउने योजना रहेको बताए ।
बैकिङ र वित्तीय क्षेत्रमा दख्खल राख्ने चापागाँईको नेत्रृत्वमा मितेरी डेभलपमेन्ट बैंकले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास बैंक सञ्चालक समितिले लिएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                