सोमबार, भाद्र १,२०८३ 07:30:13
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 07:30:13
Bizshala
Global IME Bank Limited

वार्षिक औषत २१.३% लाभांश दिएको मितेरी डेभलपमेन्ट बैंक बजार घट्दा पनि बुलिस

Prabhu Bank Limited
वार्षिक औषत २१.३% लाभांश दिएको मितेरी डेभलपमेन्ट बैंक बजार घट्दा पनि बुलिस
New Office

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, नेपालका क्षेत्रीय विकास बैंकहरु मध्यको एक हो । यो बैंक पूर्वको सुनसरी जिल्ला र धरान आसपासलाई आधार बनाएर सञ्चालनमा रहेको छ । बैंकका कर्पोरेट कार्यालयसहित १८ वटा शाखा कार्यालय छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको चुक्तापूँजी १ अर्ब ११ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ ४ करोड ८७ लाख १ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३३ करोड २४ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको खुद मूनाफा ४ करोड ८८ लाख ६९ हजार रुपैयाँ रहेको छ । बैंकको कुल पूँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँ रहेको बैंकको बुक भ्यालु १३४ रुपैयाँ रहको छ । बैंकको खराब कर्जा २.७४ प्रतिशत र १० बर्षको औषत लाभांसदर २१.३ प्रतिशत रहेको छ ।  

CG Motors

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर

फियर एण्ड ग्रिड मिटरको आधारमा बैंक हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । बैंकको ५२ साताको उच्च मूल्य ४३५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३५० रुपैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो बैंकको अन्तिम मूल्य प्रतिकित्ता ४२३ रुपैयाँ रहेको छ । यो कम्पनीमा ५१ प्रतिशत सेयर सर्वसाधरण समूहको छ भने ४९ प्रतिशत सर्वसाधारण समूहको छ  ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

डेली बेसमा बोलिङगर ब्याण्डको आधारमा यो बैंकको मूल्य रेखाले आज मध्य ब्याण्ड भन्दा तल कारोबार भएको छ । म्याक्डीमा पनि वियरिस क्रसओभर बनेको छ । आरएसआई ओभर बट जोन ७० बाट खसेर हाल ५२ को तहमा रहेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट हेर्दा यो बैंकको सेयर भाउमा विस्तारै बिक्री दबाब पर्दै गएको देखिन्छ ।  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्ने विधि हो ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –४६७

प्रतिरोध २ –४५३

प्रतिरोध १– ४४०

पिभट प्वइन्टः ४२६

घटेमा सपोर्ट  

सपोर्ट १– ४१४

सपोर्ट २– ४०० 

सपोर्ट  ३ –३८८

निष्कर्षः   आधारभूत रुपमा यो बैंकलाई नियाल्दा पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी घटेको देखिन्छ । बैंकको बुक भ्यालुमा सामान्य प्रगति देखिन्छ भने खुद मुनाफामा गिरावट आएको छ । खराब कर्जा समान्य बढेको छ ।  

यस्तै वितरणयोग्य मुनाफामा सामान्य प्रगति भएको देखिन्छ । प्राविधिक रुपमा भने केही इन्डिकेटरहरुले यस बैंकमा अल्पकालिन कारोबारी हाबी हुँदै गरेको देखाएकाले भविष्यमा सेयर भाउमा सामान्य करेक्सन हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.