सोमबार, भाद्र १,२०८३ 07:36:22
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 07:36:22
Bizshala
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकको नाफा १०% ले घट्यो, लाभांश क्षमतामा समेत ह्रास

Prabhu Bank Limited
मितेरी डेभलपमेन्ट बैंकको नाफा १०% ले घट्यो, लाभांश क्षमतामा समेत ह्रास
New Office

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । बैंकले यो अवधिसम्म १३ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २५ करोड ९७ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घट्दै २० करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ ।  

१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख र रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.२८ प्रतिशतमा सीमित बनेको छ ।  

बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम १५ करोड ५७ लाख रहेको थियो । यो अवधिमा बैंकको लाभांश क्षमता १४.०१ प्रतिशतबाट घटेर १२.८३ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) पनि १३.०४ प्रतिशतबाट घटेर १०.७१ प्रतिशतमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.