सोमबार, असार १,२०८३ 08:51:53
Bizshala
  • सोमबार, असार १,२०८३ 08:51:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ क्रेजको लहरमा सिटिजन्स बैंक : २.५ लाखभन्दा बढी डिम्याट, मोबाइलबाटै आईपीओ आवेदन

शाखा नपुगी सीआरएनदेखि आईपीओ आवेदनसम्म, डिजिटल लगानी सेवामा सिटिजन्स बैंकको आक्रामक विस्तार

Laxmi Sunrise Bank Limited
आईपीओ क्रेजको लहरमा सिटिजन्स बैंक : २.५ लाखभन्दा बढी डिम्याट, मोबाइलबाटै आईपीओ आवेदन
Shivam Cement

काठमाण्डौ । नेपालमा पछिल्ला केही वर्षयता देखिएको आईपीओ क्रेजले बैंकिङ सेवा र पूँजीबजारको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ। लाखौं सर्वसाधारण प्राथमिक सेयर (आईपीओ) मा सहभागी हुन थालेपछि डिम्याट खाता, मेरो सेयर र सी–आस्वा सेवाको माग पनि तीव्र गतिमा बढिरहेको छ।

यही बढ्दो डिजिटल लगानी संस्कृतिको केन्द्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड पनि देखिएको छ। बैंकका अनुसार हालसम्म २ लाख ५० हजारभन्दा बढी ग्राहकले बैंकमार्फत डिम्याट खाता खोलिसकेका छन् भने सी–आस्वा सेवा प्रयोगकर्ताको संख्या पनि २ लाख नाघिसकेको छ।

Bizshala
New Office
CG Motors

बैंककी डिम्याट तथा सी-आस्वा प्रमुख रोजिना तिवारीका अनुसार नेपालमा सेयरबजारप्रतिको आकर्षण बढेसँगै डिजिटल माध्यमबाट लगानी गर्ने प्रवृत्ति तीव्र बनेको छ।

“पछिल्ला वर्षहरूमा डिम्याट खाता खोल्नेहरूको संख्या उल्लेख्य बढेको छ। आईपीओमा सहभागिता बढेसँगै युवापुस्ताको आकर्षण पनि पूँजीबजारतर्फ केन्द्रित हुँदै गएको छ,” उनले भनिन्।

मोबाइलबाटै आईपीओ आवेदन

सिटिजन्स बैंकले डिम्याट र सी–आस्वा सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने प्रयासस्वरूप मोबाइल बैंकिङ एपभित्र ‘माई–आस्वा’ सुविधा सञ्चालनमा ल्याएको छ। यसमार्फत ग्राहकले सीआरएन दर्ता, लिंक तथा आईपीओ आवेदनसम्मका सबै प्रक्रिया घरबाटै सम्पन्न गर्न सक्छन्।

बैंकका अनुसार ग्राहकले शाखा धाउनुपर्ने आवश्यकता हटाउँदै रियलटाइम सीआरएन रजिस्ट्रेसनको सुविधा उपलब्ध गराइएको छ। आईपीओ आवेदन दिएपछि स्वीकृत वा अस्वीकृत भएको जानकारीसमेत मोबाइल बैंकिङमार्फत तत्काल प्राप्त गर्न सकिन्छ।

आईपीओबाट दोस्रो बजारसम्म

बैंकको अनुभव अनुसार डिम्याट खाता खोल्ने अधिकांश ग्राहक अब आईपीओमा मात्रै सीमित छैनन्। प्राथमिक बजारबाट सुरु भएको लगानी यात्रा क्रमशः दोस्रो बजारसम्म विस्तार हुँदै गएको छ।

यसले पूँजीबजारमा नयाँ पुस्ताको सहभागिता बढाएको मात्र होइन, डिजिटल बैंकिङ र डिजिटल लगानी सेवाबीचको सम्बन्ध पनि थप मजबुत बनाएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

निष्क्रिय खाताको चुनौती

डिम्याट खाताको संख्या बढेसँगै निष्क्रिय खाताको समस्या पनि देखिन थालेको छ। यसलाई व्यवस्थापन गर्न बैंकले ग्राहकलाई फोन, एसएमएस तथा अन्य डिजिटल माध्यमबाट नियमित जानकारी गराउँदै आएको जनाएको छ।

बैंकको विश्वास छ कि वित्तीय साक्षरता र डिजिटल पहुँच विस्तारसँगै निष्क्रिय खाताको संख्या क्रमशः घट्दै जानेछ।

साइबर सुरक्षामा उच्च प्राथमिकता

डिजिटल लगानी सेवा विस्तारसँगै साइबर सुरक्षाको चुनौती पनि बढिरहेको छ। बैंकले ग्राहकको व्यक्तिगत तथा वित्तीय विवरण सुरक्षित राख्न अत्याधुनिक सुरक्षा प्रणाली, नियमित निगरानी तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तिवारीका अनुसार सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयले पनि केवाईसी प्रणालीलाई थप मजबुत बनाउनेछ।

अबको योजना

सिटिजन्स बैंकले आगामी दिनमा डिम्याट खाता खोल्ने प्रक्रिया अझ छिटो, सहज र पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ। ग्राहकले घरमै बसेर केही मिनेटमै डिम्याट खाता खोल्न र सी–आस्वा सेवा लिन सक्ने वातावरण निर्माण गर्ने बैंकको रणनीति छ।

“ग्राहकको अपेक्षा र प्रविधिको विकासलाई ध्यानमा राखेर हामी निरन्तर नयाँ सुविधा विकास गरिरहेका छौं,” तिवारीले भनिन्, “भविष्यमा लगानीसम्बन्धी सेवाहरूलाई अझ सहज, सुरक्षित र प्रयोगमैत्री बनाउने हाम्रो लक्ष्य हो।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.