सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर’ पुरस्कार
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर 2025’ अवार्ड प्राप्त गर्दै लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको सम्मान हात पारेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्स समूहले डिसेम्बर ३ मा लन्डनमा आयोजना गरेको विशेष समारोहमा सिटिजन्स बैंकलाई यो अवार्ड प्रदान गरेको हो।

