बुधबार, चैत्र २०,२०८१ 02:01:58
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:01:58
IME remit
Global IME Bank Limited

सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ खाता, ग्राहकको स्वास्थ्य र सम्पत्ति सुदृढ पार्ने उद्योगकै नौलो स्किम

Hyundai Nepal
सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ खाता, ग्राहकको स्वास्थ्य र सम्पत्ति सुदृढ पार्ने उद्योगकै नौलो स्किम
Nabil Bank Limited

काठमाण्डौ । भविष्यमा आइपर्ने आकस्मिक वित्तीय जोखिमलाई सहजै पार लगाउन हामीले आम्दानीको केही प्रतिशत रकम बचतका लागि छुट्याएका हुन्छौं ।  

आम्दानी कम भएको समयमा खर्च धान्न, शिक्षा, स्वास्थ्य उपचारका लागि, सामाजिक रीतिरिवाज मनाउन, आवश्यक सामान खरिद गर्न यावतका विषयमा खर्च गर्नका लागि बचतलाई प्राथमिकता दिएका हुन्छौं ।  

तर बचत गर्दागर्दै पनि कहिलेकाँही बचतमा रहेको रकमले खर्च धान्न नसक्ने अवस्था सिर्जना हुनसक्छ । व्यक्तिका आवश्यकता र चाहना असीमित हुने गर्दछन् । आफूसँग भएको रकमले असीमित आवश्यकता र चाहना पूरा गर्ने दौरानमा भविष्यमा आउनसक्ने संकटका लागि पुँजीको अभाव खड्किनसक्छ । 

Shivam Cement
Bizshala
CG Motors

यसर्थ कुनै पनि व्यक्तिले आफ्नो आम्दानीको न्यूनतम २० प्रतिशत रकम बचत गर्ने बानी बसाल्न सक्नुपर्छ । भविष्यमा आफू वा आफ्नो परिवारका जुनकुनै सदस्यको आवश्यकता पूर्ति गर्न वा स्वास्थ्य उपचारका लागि हामीले बैंकहरुमा बचत गरेका हुन्छौं ।  

यदि तपाईसँग केही रकम छ, र त्यो रकमबाट तपाई केही प्रतिशत रिटर्नसँगै आफ्नो जीवन पनि सुरक्षित र स्वस्थ्य होस् भन्ने चाहानुहुन्छ भने सिटिजन्स बैंक इन्टरनेशनलले ‘हेल्थ एण्ड वेल्थ’ योजना ल्याएको छ ।  

बैंकले आफ्नो १७ औं वार्षिकोत्वसको अवसरमा गत बैशाखदेखि आफ्ना ग्राहकको आवश्यकता र स्वास्थ्य समेत ख्याल गर्दै हेल्थ एण्ड वेल्थ योजना ल्याएको हो ।  

जसमा ग्राहकले बैंकको यस योजनाअन्तर्गत होलबडी चेकअपसँगै आँखा, दाँत र छालाको समेत उपचार निःशुल्क पाउन सक्नेछन् ।  

हेल्थ एण्ड वेल्थ योजना बैंकको सामान्य बचत खाता नै भए पनि यसमा दुईवटा सुविधा रहेको छ । पहिलो स्वास्थ्यसम्बन्धी फाइदा र दोस्रो सम्पत्ति सम्बन्धी लाभ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बचत खाता खोल्दा त्यसमा स्वास्थ्य र सम्पत्ति सम्बन्धी लाभ पाइने गरी यस योजना सञ्चालनमा ल्याइएको बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारसबिक्रम थापाले बताए । 

उनकाअनुसार उक्त योजनाअन्तर्गत खाता खोल्दा बचतकर्ताले न्यूनतम तीनलाख रुपैयाँ मौज्दात राख्नुपर्नेछ । साथै योजनाअन्तर्गत बचतकर्ताले न्यूनतम मौज्दातबाहेक खातामा रहने रकम मुद्दती निक्षेपका रुपमा समेत रुपान्तरण गर्न सक्नेछन् ।  

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै बैकिङ्ग क्षेत्रमा नै पहिलोपटक यो खालको योजना सिटिजन बैंकले ल्याएको थापाले बताए । ‘बैंकिङ सेक्टरमा बैंकहरुले विभिन्न खालका योजनाहरु सञ्चालमा ल्याए पनि ग्राहकको आवश्यकता के छ त्यसमा ध्यान दिइएको पाइँदैन’ उनले भने, ‘ग्राहकको मुख्य आवश्यकता तथा प्राथमिकता भनेको नै स्वास्थ्य रहेकाले बचत खाता खोल्दा त्यसबाटै आफ्नो स्वास्थ्य अवस्था के कस्तो छ भने जानकारी राखुन् भन्ने हेतुले नै सिटिजन बैंकले हेल्थ एण्ड वेल्थ योजना ल्याएको हो ।’

थापाकाअनुसार यस योजनाअन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँचपटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउनेछन् ।  

‘यो खाता खोल्दा बचतकर्ताले मुख्यतः आफ्नो स्वास्थ्य अवस्था कस्तो छ त्यसको जानकारी निःशुल्क राख्न पाउनुहुनेछ, त्योसँगै ग्राहकहरुले सम्पत्ति लाभ सम्बन्धी विभिन्न फाइदाहरु समेत लिन पाउन सक्नुहुनेछ’ उनले भने, ‘यस योजनाका बचतकर्ताले सम्पत्ति सम्बन्धी फाइदाहरुमा वार्षिक ५.१५ प्रतिशत उच्चतम ब्याज पाउनेछन् । साथै पहिलो एक वर्षका लागि निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सुविधा पाउनेछन् ।’

सिटिजन बैंकले सञ्चालनमा ल्याएको हेल्थ एण्ड वेल्थ योजना बैैंकिङ क्षेत्रकै लागि नयाँ र सुविधायुक्त भएको थापाको दाबी छ । ‘भविष्यमा आफ्ना आवश्यकता परिपूर्ति गर्न र स्वास्थ्य उपचारका लागि नै ग्राहकहरुले बैंकमा बचत गर्नुभएको हुन्छ । सोही कुरालाई मध्यनजर राख्दै सिटिजन्स बैंकले स्वास्थ्य सम्बन्धी लाभ लिनसक्ने गरी यो खालको योजना ल्याएको हो, जुन बैंकिङ क्षेत्रकै लागि नयाँ अभ्यास हो’ उनले भने, ‘यस योजनाअन्तर्गत ग्राहकहरुले विद्युतीय फार्मेसीमार्फत औषधी खरिद गरेको खण्डमा विशेष छुट समेत पाउने सक्नेछन् ।’

योसँगै सोही योजनाअन्तर्गत बचतकर्ताले मसाज एण्ड सलुनको सेवामा समेत विशेष छुट पाउनेछन् र लकर शुल्कमा समेत ५० प्रतिशत छुट पाउने व्यवस्था रहेको थापाले बताए । ‘यो योजनाका ग्राहकहरुले मेडिकल क्रेडिट कार्डको सुविधा पाउनुहुनेछ, जसमा १ लाख रुपैयाँसम्म क्रेडिटको सुविधालिन सक्नुहुनेछ’ उनले भने, ‘ग्राहकहरुलाई मेडिकल सम्बन्धी विभिन्न सुविधा दिनका लागि हामीले विभिन्न स्वास्थ्यप्रदायकहरुसँग समन्वय समेत गरिसकेका छौं ।’

यस योजनाअन्तर्गतका बचतकर्ताले न्यूनतम मौज्दातबाहेक खातामा रहेको रकम मुद्दती निक्षेपका रुपमा पनि रुपान्तरण गर्नसक्ने थापाले बताए । ‘मुद्दती निक्षेपका रुपमा बचतकर्ताले मासिक न्यूनतम सय रुपैयाँदेखि जति पनि रकम राख्न सक्नुहुनेछ’ उनले भने, ‘बैंकले यो सुविधालाई फोर्स इमरजेन्सी फण्ड क्रियसन नाम दिएको छ ।’

हेल्थ एण्ड वेल्थ बचत खाता खोल्दा स्वतः रिकरिङ डिपोजिट योजनाको  पनि सुविधा रहेको छ । बचतकर्ताले आफूलाई रकम चाहिएको बेला खातालाई शून्य मौज्दातको बचत खाताका रुपमा परिवर्तन गरेर झिक्न सक्नेछन् तर खाताको प्रकृति परिवर्तन गरेपछि भने हेल्थ एण्ड वेल्थ बचत योजनाले दिने सुविधा नपाउने थापाले बताए ।  

यस योजनाको वेल्थ रिलेटेड बेनिफिटअन्तर्गत ग्राहकहरुलाई पोर्टफोलियो म्यानेजमेन्टको समेत सुविधा रहेको थापाले बताए । ‘ग्राहकहरुलाई उच्चमत ब्याजदरसँगै पोर्टपोलियो म्यानेजमेन्टको पनि सुविधा रहेको छ’ उनले भने, ‘यसका लागि सिटिजन्स क्यापिटल लिमिटेडले ग्राहकको रकमलाई विभिन्न योजनामा लगानी गरी ग्राहकको सम्पत्ति बृद्धि गरिदिनेछ ।’  

स्वास्थ्य सम्बन्धी फाइदाहरु  

– एक वर्षमा निःशुल्क होलबडी चेकअप

– निःशुल्क दाँत सम्बन्धी परामर्श

– निःशुल्क छाला सम्बन्धी परामर्श

– निःशुल्क आँखासम्बन्धी परामर्श

–अनलाइनमार्फत औषधीहरु खरिदमा फ्रि डेलिभरी तथा विशेष छुट

– सलुन र स्पा तथा मसाजमा विशेष छुट

सम्पत्ति सम्बन्धी लाभ तथा सुविधाहरु

– ५.१५ प्रतिशत उच्चतम ब्याजदर  

– निःशुल्क इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र पहिलो बर्षका लागि डेबिट कार्ड

– एक वर्षका लागि लकर सुविधामा ५० प्रतिशत छुट तथा तीनलाख रुपैयाँ निक्षेप राख्दा लकर सुविधामा शतप्रतिशत छुट

– मेडिकल क्रेडिट कार्ड सुविधामा शतप्रतिशत छुट (एकलाख रुपैयाँको मेडिकल कार्डअन्तर्गत ७५० रुपैयाँ छ्ुट)

– सिटिजन्स क्यापिटल लिमिटेडद्वारा पोर्टफोलियो म्यानेजमेन्ट सिस्टम सर्भिसमा ५० प्रतिशत छुट

– सीबीआइएल सेक्युरिटिजमा निःशुल्क ब्रोकर आईडी

– स्वतः रिकरिङ डिपोजिट योजना

– न्यूतम १०० रुपैयाँदेखि जतिपनि रकम राख्न सकिने फोर्स इमरजेन्सी फण्ड क्रियसनको सुविधा

– विदेशी विनिमय सटहीमा ०.१० रुपैयाँ छुट

– डलर ट्राभल कार्ड इस्युमा २५ प्रतिशत छुट

– इ–कमर्स कार्ड इस्यु चार्जमा ५० प्रतिशत छुट  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.