बुधबार, आश्विन २८,२०८३ 06:30:58
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:30:58
Bizshala
Global IME Bank Limited

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

Bizshala
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
New Office

काठमाण्डौ । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ।

काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको यस सुविधाबाट योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्।

कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी झन्झट र भौतिक उपस्थितिलाई कम गर्दै वित्तीय पहुँच सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको जनाइएको छ।

‘स्वावलम्बन कर्जा’अन्तर्गत १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत तोकिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।

कर्जाका लागि आवेदकको इसेवा खाता केवाईसी प्रमाणित भएको हुनुपर्नेछ। नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गरेको र तलब वा व्यवसायबाट नियमित आम्दानी भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

कर्जा स्वीकृति सम्बन्धित मूल्याङ्कन तथा सिटिजन्स बैंकका लागू नियम र सर्तअनुसार हुनेछ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिको कर्जामा पहुँच सहज बनाउने उद्देश्यले ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको बताए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उनले ‘स्वावलम्बन कर्जा’लाई एउटा वित्तीय उत्पादन मात्रै नभई वित्तीय पहुँच विस्तारको अवधारणाका रूपमा अघि सारिएको बताए। शारीरिक अवस्थाका कारण कुनै पनि व्यक्तिको वित्तीय पहुँच सीमित हुन नहुने उनको भनाइ थियो।

सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँगको सहकार्य गरिएको बताए।

उनले स्वावलम्बन कर्जाले व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरिएको बताए।

कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति थियो।

सो अवसरमा ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, सहभागीको अनुभव तथा पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.