मंगलवार, मंसिर ८,२०८३ 01:03:45
  • मंगलवार, मंसिर ८,२०८३ 01:03:45
Global IME Bank Limited

आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग

Bizshala
आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग
New Office

 

काठमाण्डौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति विवाद सर्वोच्च अदालत पुगेको छ। उनको नियुक्ति कानुन र निर्धारित प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो।

‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दायर गरेका हुन्।

रिट निवेदनमा डोल्माको नियुक्ति गैरकानुनी रहेको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।

निवेदकहरूले डोल्मासँग सम्बन्धित नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको दाबीसमेत गरेका छन्। यस्ता विषयको कानुनी निरूपण नहुँदै सरकारले उनलाई महत्त्वपूर्ण सार्वजनिक पदमा नियुक्त गरेको भन्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको छ।

CG Motors
Garima Development Bank
IME remit

अभियानका सहसंयोजक अजय सोडारीका अनुसार डोल्माको नियुक्तिप्रति असहमति जनाउँदै संगठनले यसअघि नै सरकारको ध्यानाकर्षण गराएको थियो।

नियुक्तिको कानुनी आधार र प्रक्रियाबारे पटकपटक प्रश्न उठाइए पनि सरकारले त्यसलाई बेवास्ता गरेको अभियानको आरोप छ।

अभियानले डोल्मालाई कोषमा उपस्थित गराएर कार्यभार सम्हाल्ने व्यवस्था मिलाइएको विषयमा समेत आपत्ति जनाएको छ।

नियुक्ति प्रक्रिया कानुनसम्मत थियो वा थिएन भन्ने विषयको न्यायिक परीक्षण आवश्यक रहेको भन्दै सर्वोच्च अदालतको ढोका ढकढक्याइएको अभियानले स्पष्ट पारेको छ।

निवेदकहरूले विधिको शासन, सार्वजनिक नियुक्तिमा पारदर्शिता र कानुनी प्रक्रियाको पालना सुनिश्चित गर्न अदालतको हस्तक्षेप आवश्यक रहेको जिकिर गरेका छन्।

उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइका लागि बुधबार अर्थात् मंसिर ९ गते पेसी तोकिएको छ।

अब सर्वोच्च अदालतले डोल्माको नियुक्तिविरुद्ध उठाइएका कानुनी प्रश्नमाथि कस्तो आदेश दिन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।

यद्यपि, रिटमा उल्लेख गरिएका आरोपहरू निवेदक पक्षका दाबी हुन्। ती आरोप तथा नियुक्ति गैरकानुनी भएको विषयमा अदालतबाट कुनै निष्कर्ष आइसकेको छैन।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.