मंगलवार, मंसिर ८,२०८३ 12:50:57
  • मंगलवार, मंसिर ८,२०८३ 12:50:57
Global IME Bank Limited

आम्दानीअनुसार खर्च गर्न र नियमित बचत गर्न राष्ट्र बैंकको सुझाव, ऋण लिँदा क्षमता हेर्न आग्रह

Bizshala
आम्दानीअनुसार खर्च गर्न र नियमित बचत गर्न राष्ट्र बैंकको सुझाव, ऋण लिँदा क्षमता हेर्न आग्रह
New Office

 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि व्यवस्थित वित्तीय योजना बनाएर त्यसलाई व्यवहारमा लागू गर्न सर्वसाधारणलाई सुझाव दिएको छ।

केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनासम्बन्धी सन्देश सार्वजनिक गर्दै आम्दानी, खर्च, बचत, लगानी र ऋणको उचित व्यवस्थापनबाट मात्रै आर्थिक स्थायित्व हासिल गर्न सकिने जनाएको हो।

राष्ट्र बैंकका अनुसार वित्तीय योजना बनाउँदा सबैभन्दा पहिले आफ्नो आम्दानी र खर्चको स्पष्ट हिसाब राख्नुपर्छ। आम्दानीअनुसार खर्च गर्ने, अनावश्यक खर्च कटौती गर्ने र नियमित बचत गर्ने बानी विकास गर्नुपर्नेमा बैंकले जोड दिएको छ।

त्यस्तै, आकस्मिक रूपमा आइपर्ने आर्थिक समस्यासँग जुध्न आपत्कालीन कोषको व्यवस्था गर्न पनि सुझाव दिइएको छ। भविष्यका आवश्यकता पूरा गर्न उपयुक्त बचत तथा लगानीका साधन छनोट गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।

CG Motors
Garima Development Bank
IME remit

ऋण लिँदा तिर्न सक्ने क्षमता हेर्न सुझाव

राष्ट्र बैंकले ऋण लिँदा आफ्नो आम्दानी र किस्ता तिर्न सक्ने क्षमताको मूल्यांकन गर्न विशेष आग्रह गरेको छ। आम्दानीको तुलनामा अत्यधिक ऋण लिँदा आर्थिक जोखिम बढ्न सक्ने भएकाले वित्तीय निर्णय सोचविचार गरेर लिनुपर्नेमा जोड दिइएको छ।

यस्तै, सम्भावित आर्थिक जोखिम न्यूनीकरण गर्न बीमासम्बन्धी जानकारी लिन र आवश्यकताअनुसार बीमाको व्यवस्था गर्न पनि सुझाव दिइएको छ।

केन्द्रीय बैंकले एकपटक वित्तीय योजना बनाएर मात्रै नहुने भन्दै समयसमयमा आफ्नो आम्दानी, खर्च, बचत तथा लगानीको समीक्षा गर्नुपर्ने जनाएको छ। आर्थिक अवस्था र आवश्यकतामा आउने परिवर्तनअनुसार वित्तीय योजना परिमार्जन गर्नुपर्ने बैंकको सुझाव छ।

राष्ट्र बैंकका अनुसार वित्तीय योजना भनेको आम्दानी र खर्चको हिसाब राख्ने प्रक्रिया मात्रै होइन। वर्तमान आवश्यकता पूरा गर्दै भविष्यका लागि उपलब्ध आर्थिक स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने दीर्घकालीन प्रक्रिया पनि हो।

‘आजको सही वित्तीय योजना, भोलिको सुरक्षित र समृद्ध जीवनको आधार’ भन्ने नारासहित राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले उक्त सन्देश जारी गरेको हो।

यसैबीच, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सेवासम्बन्धी गुनासो अनलाइनमार्फत दर्ता गर्न सकिने जानकारी दिएको छ।

ग्राहकले राष्ट्र बैंकको गुनासो व्यवस्थापन पोर्टल मा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन्। थप जानकारी तथा गुनासोका लागि वित्तीय ग्राहक संरक्षण एकाइको टेलिफोन नम्बर ०१–५७१९६०५ मा सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.