मंगलवार, मंसिर ८,२०८३ 01:02:52
  • मंगलवार, मंसिर ८,२०८३ 01:02:52
Global IME Bank Limited

औषधि उद्योगलाई गुणस्तरमा कडाइ गर्दै विभाग, ३५ दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको स्पिरिट प्रयोग गर्न निर्देशन

Bizshala
औषधि उद्योगलाई गुणस्तरमा कडाइ गर्दै विभाग, ३५ दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको स्पिरिट प्रयोग गर्न निर्देशन
New Office

 

काठमाण्डौ । औषधि व्यवस्था विभागले औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तरमा कडाइ गर्ने भएको छ। औषधिको गुणस्तर र बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विभागले औषधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रेक्टिफाइड स्पिरिट मात्रै प्रयोग गर्न निर्देशन दिएको हो।

विभागले सोमबार सूचना जारी गर्दै औषधि उत्पादनका विभिन्न चरणमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने ९५ प्रतिशत इथानोलयुक्त रेक्टिफाइड स्पिरिटको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार औषधि उद्योगहरूले हाल विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादित रेक्टिफाइड स्पिरिट प्रयोग गर्दै आएका छन्।

तर, यस्ता उद्योगबाट उत्पादन हुने स्पिरिट औषधि निर्माणका लागि आवश्यक औषधीय गुणस्तरको मापदण्डअनुसार छ वा छैन भन्ने सुनिश्चित गर्नु अत्यावश्यक रहेको विभागको भनाइ छ।

विभागले औषधि उद्योगमा प्रयोग गरिने रेक्टिफाइड स्पिरिट भारतीय फार्माकोपिया, ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायत मान्यताप्राप्त औषधीय मापदण्डअनुसार हुनुपर्ने स्पष्ट पारेको छ।

CG Motors
Garima Development Bank
IME remit

३५ दिनपछि नयाँ व्यवस्था अनिवार्य

विभागका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि नयाँ व्यवस्था अनिवार्य रूपमा कार्यान्वयनमा आउनेछ।

त्यसपछि औषधि उत्पादक उद्योगहरूले निर्धारित गुणस्तर पूरा गरेको रेक्टिफाइड स्पिरिट मात्रै प्रयोग गर्नुपर्नेछ।

औषधि उत्पादनमा प्रयोग हुने सहायक कच्चा पदार्थको गुणस्तर कमजोर हुँदा अन्तिम उत्पादनको गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो।

क्यान्सर र डायलाइसिसका औषधिको उपलब्धतामा पनि चासो

यसैबीच, औषधि व्यवस्था विभागले बजारमा अभाव देखिएका केही अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन पनि पहल थालेको छ।

विभागका अनुसार क्यान्सरको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका सिस्प्लाटिन र कार्बोप्लाटिन तथा मिर्गौलाका बिरामीका लागि आवश्यक डायलाइसिस सोलुसनलगायतका औषधि बजारमा पर्याप्त उपलब्ध नभएको गुनासो आएको छ।

यस्ता औषधिको अभावका कारण बिरामीको उपचार प्रभावित हुन नदिन विभागले उपलब्ध गराउन सक्ने आयातकर्ता तथा वितरकहरूको विवरण सार्वजनिक गरेको छ।

सम्बन्धित आयातकर्ता तथा वितरकलाई औषधिको मौज्दात, आयात र वितरणसम्बन्धी अद्यावधिक विवरण व्यवस्थित राख्न तथा बजारमा नियमित उपलब्धता सुनिश्चित गर्न निर्देशन दिइएको छ।

अवरुद्ध अनलाइन सेवा पुनः सञ्चालनमा

यसैगरी, प्राविधिक स्तरोन्नति हुन नसक्दा दसैँपछि अवरुद्ध रहेको औषधि व्यवस्था विभागको अनलाइन सेवा मंगलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ।

विभागले औषधि दर्तालगायत अनलाइनमार्फत उपलब्ध गराउँदै आएका सेवा पुनः सञ्चालनमा ल्याउने जानकारी दिएको हो।

अनलाइन सेवा नियमित भएसँगै औषधि उद्योग, आयातकर्ता तथा अन्य सरोकारवालाले विभागबाट प्रदान गरिने विद्युतीय सेवाहरू पुनः उपयोग गर्न पाउनेछन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.