औषधि उद्योगलाई गुणस्तरमा कडाइ गर्दै विभाग, ३५ दिनभित्र अन्तर्राष्ट्रिय मापदण्डको स्पिरिट प्रयोग गर्न निर्देशन
काठमाण्डौ । औषधि व्यवस्था विभागले औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तरमा कडाइ गर्ने भएको छ। औषधिको गुणस्तर र बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विभागले औषधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रेक्टिफाइड स्पिरिट मात्रै प्रयोग गर्न निर्देशन दिएको हो।विभागले सोमबार सूचना जारी गर्दै औषधि उत्पादनका विभिन्न चरणमा सहायक कच्चा...

