मंगलवार, मंसिर ८,२०८३ 11:53:33
  • मंगलवार, मंसिर ८,२०८३ 11:53:33
Global IME Bank Limited

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

Bizshala
कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया
New Office

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको ठेक्का प्रचलित कानुनअनुसार रद्द गरिएको जलस्रोत तथा सिँचाइ विभागले स्पष्ट पारेको छ।

मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा विभागका महानिर्देशक दिनेश रजौरियाले बोलपत्र रद्द गर्नुको कारण सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधन रहेको बताए।

CG Motors
Garima Development Bank
IME remit

उनका अनुसार २०८३ असार २५ गते १५औँ संशोधनअनुसार बोलपत्र आह्वान गरिएको थियो। तर, प्राविधिक प्रस्ताव खोल्नुअघि नै भदौ ३ गतेदेखि लागू हुने गरी नियमावलीको १६औँ संशोधन जारी भयो। संशोधित व्यवस्थाले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल आयोजनामा अङ्कभारमा आधारित मूल्याङ्कन प्रणाली अनिवार्य गरेपछि पुरानै प्रक्रियाबाट अघि बढ्दा कानुनी जटिलता आउने देखिएकाले बोलपत्र रद्द गरी नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको उनले बताए।

नयाँ मूल्याङ्कन प्रणालीबाट निर्माण कम्पनीको प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादनको समग्र मूल्याङ्कन गर्न सकिने भएकाले आयोजनाको गुणस्तर र समयमै निर्माण सम्पन्न हुने सम्भावना बढ्ने उनको भनाइ छ। निर्णय कुनै व्यक्ति वा पक्षको हितमा नभई कानुन र सार्वजनिक हितलाई ध्यानमा राखेर गरिएको उनले स्पष्ट पारे।

समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले आयोजनाको १३.३ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको जानकारी दिए। हेडवर्क्स निर्माणको जिम्मा पाएको ठेकेदारले अपेक्षित प्रगति नगरेपछि गत वर्ष ठेक्का तोडेर पुनः बोलपत्र आह्वान गरिएको उनले बताए।

आयोजनामार्फत रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटबाट तीन किलोमिटर माथि बाँध निर्माण गरी ६४ मिटरको हेडबाट ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। साथै, मरिन नदी हुँदै बागमतीमा पानी मिसाएर बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने योजना रहेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.