मंगलवार, मंसिर ८,२०८३ 09:06:56
  • मंगलवार, मंसिर ८,२०८३ 09:06:56
Global IME Bank Limited

ह्वाङको पुनरागमनले एनभिडियामा उछाल, बजार मूल्यमा थपियो १० खर्ब डलर

Bizshala
ह्वाङको पुनरागमनले एनभिडियामा उछाल, बजार मूल्यमा थपियो १० खर्ब डलर
New Office

काठमाडौं । जेन्सेन ह्वाङ पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा फर्किएपछि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको बजार पुँजीकरणमा करिब एक ट्रिलियन अमेरिकी डलर (१० खर्ब डलर) वृद्धि भएको छ।

बीबीसी न्युजका अनुसार ह्वाङको पुनर्नियुक्तिको घोषणापछि एनभिडियाको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको छ। यसको प्रभाव अन्य प्रविधि कम्पनीका सेयरमा समेत देखिएको छ।

कम्पनीले ह्वाङलाई तत्काल लागू हुने गरी पुनः सीईओ नियुक्त गरेको हो। उनको राजीनामाको दुई साताभन्दा कम समयमै पुनरागमन भएको हो।

CG Motors
Garima Development Bank
IME remit

एक महिलासँगको सम्बन्ध स्वीकार गरेपछि ह्वाङले पदबाट राजीनामा दिएका थिए। ती महिलामाथि चिनियाँ जासुस भएको आरोप लागेको थियो। यस घटनाक्रमपछि चिप निर्माता एनभिडियाको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो।

ह्वाङको पुनर्नियुक्तिको घोषणापछि अन्य चिप निर्माता कम्पनीका सेयरमा पनि वृद्धि भएको छ। माइक्रोन टेक्नोलोजीको सेयर मूल्य १९ प्रतिशतले बढ्दा एएमडीको सेयर मूल्य करिब सात प्रतिशतले उकालो लागेको छ।

त्यस्तै, प्रविधि कम्पनीहरू केन्द्रित न्यास्ड्याक सूचक ६.५ प्रतिशत र एस एन्ड पी ५०० सूचक ४.७५ प्रतिशतले बढेका छन्।

सेयर मूल्यमा आएको वृद्धिसँगै एनभिडियाको बजार पुँजीकरण पुनः करिब चार ट्रिलियन अमेरिकी डलर पुगेको छ। यद्यपि, कम्पनीको सेयर मूल्य एक महिनाअघिको तुलनामा अझै करिब २१ प्रतिशत कम रहेको समाचारमा उल्लेख छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.