मंगलवार, मंसिर ८,२०८३ 10:33:19
  • मंगलवार, मंसिर ८,२०८३ 10:33:19
Global IME Bank Limited

अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो

Bizshala
अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो
New Office

जनकपुर । भारतको अयोध्याबाट सोमबार छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा एक हजारभन्दा बढी तीर्थयात्री सवार रहेको अनुमान गरिएको छ।

जनकपुरधाम पुगेका रेल तथा तीर्थयात्रीलाई नेपाल र भारतका राष्ट्रिय झण्डासहित स्थानीयवासी, सरकारी प्रतिनिधि तथा विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका छन्। उनीहरूलाई फूलमाला लगाएर स्वागत गर्नुका साथै रेल्वे स्टेसनमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ।

प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट झन्डा देखाएर उक्त रेलसेवाको प्रस्थान गराएका थिए।

CG Motors
Garima Development Bank
IME remit

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ डब्बा रहेको रेलमा आएका तीर्थयात्रीलाई जनकपुरधाम रेल्वे स्टेसनदेखि विभिन्न स्थानमा स्वागत गरिएको छ।

जनकपुरधाम बसाइका क्रममा तीर्थयात्रीहरूले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ। त्यसपछि स्टेसनमा खाजा खुवाएर उनीहरूलाई बिदाइ गरिनेछ।

तीन घण्टाको बसाइपछि रेल दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किने तालिका रहेको पराजुलीले जानकारी दिए।

जनकपुरधाम र अयोध्याबीचको रेलसेवाले नेपाल–भारतको धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्ध थप प्रगाढ बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.