मंगलवार, मंसिर ८,२०८३ 09:30:57
  • मंगलवार, मंसिर ८,२०८३ 09:30:57
Global IME Bank Limited

एनभिडिया विवादले नयाँ मोड लियो : सिंगापुरको एआई कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

Bizshala
एनभिडिया विवादले नयाँ मोड लियो : सिंगापुरको एआई कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी
New Office

काठमाडौं । अमेरिकाले सिंगापुरको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मेगास्पिड लिमिटेडमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। एनभिडियासँग जोडिएको विवादमा कथित संलग्नता रहेको आरोपपछि अमेरिकी सरकारले कम्पनीलाई प्रतिबन्धित संस्थाको सूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो।

अमेरिकी वाणिज्य विभागले मेगास्पिडलाई अमेरिकामा वस्तु खरिद तथा बिक्री गर्न प्रतिबन्ध लगाइएका कम्पनीहरूको सूचीमा समावेश गर्ने योजना बनाएको जनाएको छ। यद्यपि, प्रतिबन्ध कहिलेदेखि लागू हुने भन्नेबारे विभागले खुलाएको छैन।

CG Motors
Garima Development Bank
IME remit

मुख्य रूपमा डेटा सेन्टर विकास गर्ने काममा संलग्न मेगास्पिड पछिल्ला सातामा आफ्नी पूर्वअधिकारी एलिस ह्वाङसँग जोडिएको विवादका कारण चर्चामा आएको हो। उनीमाथि चीनका लागि जासुसी गरेको आरोप लागेको छ। साथै, एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङसँग सम्बन्ध रहेको आरोपसमेत सार्वजनिक भएको थियो।

यी घटनाक्रमपछि अमेरिकी अधिकारीहरूले अनुसन्धान तीव्र बनाएका थिए। मेगास्पिडले एनभिडियाका अत्याधुनिक एआई कम्प्युटर चिप चीन पुर्‍याइरहेको हुन सक्ने आशंकाले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता थपिएको समाचारमा उल्लेख छ।

बीबीसी न्युजले यस विषयमा प्रतिक्रिया लिन अमेरिकी वाणिज्य विभाग, ह्वाइट हाउस र मेगास्पिडसँग सम्पर्क गरेको जनाएको छ।

यसअघि अमेरिकामा खासै चर्चामा नरहेको मेगास्पिड एलिस ह्वाङ र जेन्सेन ह्वाङबीच सम्बन्ध रहेको भन्ने सञ्चारमाध्यमका समाचार सार्वजनिक भएपछि चर्चामा आएको थियो। अमेरिकी गुप्तचर निकायहरूले एलिस ह्वाङ बेइजिङका लागि काम गरिरहेको आशंका गरेका थिए।

यद्यपि, चीनले एलिस ह्वाङमाथि लगाइएको जासुसीको आरोप अस्वीकार गरेको छ। साथै, एआई प्रविधिमा प्रतिबन्ध तथा अवरोध सिर्जना गर्ने बहानाका रूपमा यस विवादलाई प्रयोग नगर्न चीनले अमेरिकालाई चेतावनी दिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.