काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।