काठमाण्डौ । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरेबापत उक्त सम्मान प्राप्त गरेको हो।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुले आयोजना गरेको विशेष समारोहमा कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो।
राज्यको राजस्व संकलन तथा मुलुकको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै कम्पनीलाई सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।
कम्पनीले करसम्बन्धी नीति तथा कानुनको पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको जनाएको छ।
यस सम्मानले आगामी दिनमा थप जिम्मेवार र पारदर्शी ढंगले लगानी तथा वित्तीय सेवा विस्तार गर्न प्रेरणा मिलेको कम्पनीको भनाइ छ।
सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले समेत विगतमा विभिन्न क्षेत्रबाट उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्दै आएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।