बाढी–पहिरो प्रभावितलाई सहयोग गर्न ईसेवा मनि ट्रान्सफरले अन्तर्राष्ट्रिय रेमिट्यान्स शुल्क मिनाहा गर्ने
काठमाण्डौ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले ईसेवा मनि ट्रान्सफरले अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।विपद्का कारण प्रभावित परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवार, आफन्त तथा सरकारी...

