शुक्रबार, श्रावण २९,२०८३ 08:41:42
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:41:42
Bizshala
Global IME Bank Limited

ई–सेवाबाट रकम चोरी भएको तथा रकम असुरक्षित रहेको समाचार भ्रामकः ई–सेवा

Prabhu Bank Limited
ई–सेवाबाट रकम चोरी भएको तथा रकम असुरक्षित रहेको समाचार भ्रामकः ई–सेवा
New Office

काठमाण्डौ । पछिल्ला केहीदिन देखि सामाजिक सञ्जालहरू तथा केहि समाचार पोर्टलहरूमा ई–सेवाबाट रकम चोरी भएको तथा ई–सेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरुको पछि नलाग्न ई–सेवाले आग्रह गरेको छ ।  

CG Motors

केही अनलाइन समाचार पोर्टलहरू ई–सेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरुले ई–सेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा ई–सेवाको गम्भीर ध्यानकर्षण भएको कम्पनीले जनाएको छ ।  

ई–सेवाले एक प्रेस विज्ञप्ती जारी गर्दै १६ वर्षको इतिहासमा कम्पनीले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको जनाएको छ । 

‘सर्वप्रथम  ई–सेवालगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरु त्था मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौं । भुक्तानी तथा फस्र्यौट ऐन, २०७५अनुसार ई–सेवाजस्ता डिजिटल वालेटहरुको कुनै ‘क’वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार प्रयोगकर्ताहरुको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुनवाकुनै पनिप्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । ई–सेवाको हकमा पनि यही कुरा लागू हुने भएकोले हाल सामजिक सञ्जालहरूमाभ्रमसिर्जना गर्ने उद्देश्यले प्रकाशितगरिएको खबरहरुलाई दुरुत्साहन गरिन्छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X