बिहीबार, मंसिर ३,२०८३ 10:45:20
  • बिहीबार, मंसिर ३,२०८३ 10:45:20
Global IME Bank Limited

सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

Bizshala
सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने
New Office

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित २२औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभा मंसिर २७ गते आइतबार पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे बस्नेछ ।

CG Motors
Garima Development Bank
IME remit

सभाले बोनस शेयर वितरणपछि कायम चुक्तापुँजीको १०० कित्ता बराबर ०.७७४५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका साथै हकप्रदबाट प्राप्त रकमको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.