बिहीबार, मंसिर ३,२०८३ 09:46:32
  • बिहीबार, मंसिर ३,२०८३ 09:46:32
Global IME Bank Limited

जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो

Bizshala
जेन्सेन ह्वाङको बहिर्गमनप्रति मस्कको असन्तुष्टि, चुनावी खर्चमा पछुतो
New Office

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको बहिर्गमनप्रति असन्तुष्टि जनाउँदै उनको स्थान कसैले लिन नसक्ने बताएका छन् । साथै, उनले अमेरिकी मध्यावधि निर्वाचनमा ठूलो रकम खर्च गरेकोमा पछुतो व्यक्त गरेका छन् ।

बुधबार न्युयोर्क टाइम्सको ‘डिलबुक समिट’ मा बोल्दै मस्कले ह्वाङको बहिर्गमनलाई लगातार जितिरहेको टोलीबाट बास्केटबलका महान् खेलाडी माइकल जोर्डनलाई हटाउनुसँग तुलना गरे । उनले यस्तो निर्णय बुद्धिमानीपूर्ण नभएको बताए ।

चिनियाँ जासुस भएको आशङ्का गरिएकी महिलासँगको सम्बन्ध र कम्पनीका कर्मचारीसँगको सम्बन्धबारे विवरण सार्वजनिक भएपछि बढेको दबाबका बीच ह्वाङले गत साता राजीनामा दिएका थिए । उनी आगामी महिना राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रणसम्बन्धी विषयमा अमेरिकी संसद्मा बयान दिने तयारीमा छन् ।

मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफूले चिनेका अधिकांश व्यक्तिको धारणा पनि ह्वाङले एनभिडियाको नेतृत्वमै रहनुपर्ने रहेको बताए । यद्यपि, उनले यो निर्णय कम्पनीको सञ्चालक समितिको अधिकारक्षेत्रमा पर्ने स्पष्ट पारे ।

CG Motors
Garima Development Bank
IME remit

मध्यावधि निर्वाचनमा कम्तीमा ४७ करोड ४० लाख अमेरिकी डलर खर्च गरेकोमा आफूलाई मूर्खतापूर्ण निर्णय गरेको महसुस भएको मस्कले बताए । राष्ट्रपति, प्रतिनिधिसभा र सिनेट तीनै निकाय एउटै दलको नियन्त्रणमा जान नदिन आफूले खर्च गरेको उनको भनाइ थियो । ‘समयलाई पछाडि फर्काउन सक्ने भए मैले कम पैसा खर्च गर्ने थिएँ,’ उनले भने ।

उनले आफू ‘मागा’ आन्दोलनको समर्थक नभएको पनि बताएका छन् ।

यसैबीच, मस्कले स्पेसएक्स र टेस्लाबीच गाभिने सम्भावनाबारे पनि चर्चा गरे । कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स तथा चिप डिजाइनका क्षेत्रमा दुवै कम्पनीबीच सहकार्यको सम्भावना बढेको उनको भनाइ छ । तर, यस्तो सम्झौताका लागि सेयरधनीको स्वीकृति आवश्यक पर्ने उनले स्पष्ट पारे ।

मस्कले स्पेसएक्सले एआई कम्पनी एन्थ्रोपिकलाई छोटो अवधिका सम्झौतामार्फत कम्प्युटिङ क्षमता भाडामा दिइरहेको जानकारी पनि दिए । उनका अनुसार एन्थ्रोपिकले थप १० गिगावाट कम्प्युटिङ क्षमता लिन चासो देखाएको छ ।

यसैबीच, एन्थ्रोपिकले बुधबार प्रतिकित्ता ८३ डलरका दरले आईपीओ जारी गरी ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै ठूलो सार्वजनिक सेयर निष्कासन हो ।

एक वर्षअघि आफ्नो मानसिक अवस्थालाई ‘आँधीबेहरी’सँग तुलना गरेका मस्कले अहिले भने आफू तुलनात्मक रूपमा शान्त रहेको बताएका छन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.