मंगलवार, आश्विन १३,२०८३ 04:39:11
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:39:11
Bizshala
Global IME Bank Limited

इसेवाले ल्यायो ‘Buy Now, Pay Later’ सेवा, ९.९९ प्रतिशत ब्याजमा स्कुटर किन्न पाइने

Bizshala
इसेवाले ल्यायो ‘Buy Now, Pay Later’ सेवा, ९.९९ प्रतिशत ब्याजमा स्कुटर किन्न पाइने
New Office

काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपालको डिजिटल वालेट क्षेत्रमा पहिलोपटक ‘Buy Now, Pay Later’ (BNPL) सेवा सार्वजनिक गरेको छ। यो सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्म प्रयोग गरी ग्यारो ब्रान्डका विद्युतीय स्कुटर किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।

यसका लागि इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ।

इसेवाको केन्द्रीय कार्यालयमा असोज ८ गते आयोजित कार्यक्रममा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका मनन तुलाधरले साझेदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ग्राहकले परिमिताले बिक्री गर्ने विद्युतीय स्कुटर खरिदका लागि इसेवा एपमार्फत BNPL सुविधा लिन सक्नेछन्। यसमा रिलायन्स फाइनान्स वित्तीय साझेदारका रूपमा रहनेछ भने परिमिताले स्कुटर उपलब्ध गराउनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अधिकतम २ लाख रुपैयाँसम्म कर्जा

BNPL सेवाअन्तर्गत रिलायन्स फाइनान्सले ग्राहकलाई विद्युतीय स्कुटर खरिदका लागि वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउनेछ।

ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्ताबन्दीमा चुक्ता गर्न सक्नेछन्। यसले स्कुटर खरिद गर्दा एकैपटक ठूलो रकम जुटाउनुपर्ने बाध्यता कम गर्दै मासिक किस्तामा भुक्तानी गर्ने विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ।

यसका लागि आवश्यक प्रक्रिया पनि डिजिटल हुने बताइएको छ। ग्राहकले इसेवा एपबाटै आवेदन तथा आवश्यक प्रक्रिया पूरा गरी BNPL सुविधा लिन सक्नेछन्।

डिजिटल वित्तसँगै विद्युतीय यातायात प्रवर्द्धन

इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्ने उद्देश्यअनुसार BNPL सेवा सुरु गरिएको जनाएको छ। कम्पनीका अनुसार ग्राहकको दैनिक आवश्यकता र बदलिँदो जीवनशैलीलाई लक्षित गर्दै नयाँ डिजिटल वित्तीय समाधान विस्तार गर्ने योजनाअन्तर्गत यस्तो सुविधा ल्याइएको हो।

विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यो साझेदारीबाट विद्युतीय सवारीसाधनको प्रयोगसमेत बढ्ने अपेक्षा गरिएको छ। विद्युतीय सवारीको प्रयोग बढ्दा प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवर्द्धन र डिजिटल अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने तीनै कम्पनीको विश्वास छ।

डिजिटल भुक्तानी, वित्तीय सेवा र विद्युतीय यातायातलाई एउटै प्लेटफर्ममा जोड्ने यो साझेदारीले आगामी दिनमा यस्तै किसिमका थप ग्राहकमैत्री वित्तीय सेवा विकासका लागि समेत बाटो खोल्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.