शुक्रबार, आश्विन ९,२०८३ 06:29:43
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 06:29:43
Bizshala
Global IME Bank Limited

ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ

Bizshala
ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी गर्ने व्यक्ति पक्राउ
New Office

काठमाण्डौ। ई-सेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी भएको छ । कञ्चनपुर घर भई हाल काठमाण्डौ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढाले हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट सो बराबरको रकम चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ  ।

स्रोतका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.