शुक्रबार, श्रावण २९,२०८३ 08:46:39
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:46:39
Bizshala
Global IME Bank Limited

ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

Prabhu Bank Limited
ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा
New Office

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा हुने भएको छ । कम्पनीले ई–सेवामार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न अफर सर्वाजनिक गरेको हो ।  

जस अन्तर्गत ई–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउन सक्नेछन् । पुरस्कार राशि नगद ५० हजार बराबरको हुनेछ । यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद ५० हजार रुपैयाँ वा ५०हजार बराबरको ल्यापटप वा ५० सै हजार बराबरको स्मार्टफोन जित्न सक्नेछन् ।  

CG Motors

यस्तै ५ भाग्यशाली विजेताले स्मार्टवाच तथा थप ५ भाग्यशाली विजेताले एयरबड्स जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै इसेवा बाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले रु. १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याक पाउनको लागि इसेवाबाट प्रिमियम तिर्दा ‘लाइफई१००’ प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ । इसेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरको लागि स्वचालित रुपमा योग्य रहनेछन् भने पुरस्कार जित्नको लागि प्रयोगकर्ताहरूको केवाईसी भने प्रमाणित भएको हुनु पर्नेछ । 

बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५ प्रतिशत राजस्व कर तथा अन्य कुनै पनि सरकारी करहरूका लागि स्वयम् भागीदार हुनु पर्ने कम्पनीले उल्लेख गरेको छ । फागुन २० देखि चैत्र १० सम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफ मार्फत गोलाप्रथाबाट छनौट गरिनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X