शनिबार, श्रावण ९,२०८३ 02:26:24
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 02:26:24
Bizshala
Global IME Bank Limited

ई–सेवा महा–उत्सव बम्पर उपहार विजेता घोषणाः रवि बम्जनले जिते नामीको ईभी कार

ई–सेवा महा–उत्सव बम्पर उपहार विजेता घोषणाः रवि बम्जनले जिते नामीको ईभी कार
New Office

काठमाण्डौ । ई–सेवाले चाडपर्वको अवसरमा आयोजना गरेको ई–सेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । सोमबार फेसबुकमार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका हुन् ।  

पुल्चोक, ललितपुरस्थित एलिस कन्फरेन्समा एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो । ई–सेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रियटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनौट गरेको हो । सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रम ई–सेवाका ब्राण्ड प्रवद्र्धकको रुपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, तथा हाँस्यव्यङ्य कलाकार सुमन कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

२०८१ साल असोज १ देखि कार्तिक ३० गतेसम्म चलेको ई–सेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो ।  

ई–सेवा महा–उत्सवमा सहभागी भई नामी कार जित्नका लागि ई–सेवामार्फत असोज १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.