बिहीबार, आश्विन ३,२०८१ 06:14:04
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:14:04
IME remit
Global IME Bank Limited

ई–सेवाको दशैंतिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

Hyundai Nepal
ई–सेवाको दशैंतिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । नेपालकै पहिलो तथा अग्रेणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले यसपालिको दशैंतिहार र छठ पर्व लक्षित गरेर ‘ई–सेवा महाउत्सवः ई–सेवाको कारोबारमा नाम्मीको दामी कार’नामक अफर सार्वजनिक गरेको छ।  

यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ई–सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। कार जित्न योग्य हुनका लागि आफ्नो आवश्यकता अनुरूप ई–सेवाका जुनसुकै सेवाको प्रयोग वा ई–सोवबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यसका साथै, १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन्। मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्।  

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ। दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्। 

Sagarmatha Cement
Shivam Cement

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ई–सेवाका विभिन्न सेवाहरु, मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारीहरु ई–सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.