काठमाण्डौ । रेमिट्यान्स सेवा प्रदायक कम्पनी ई–सेवा मनि ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेनटाइन’ अभियान सार्वजनिक गरेको छ। यस भ्यालेन्टीन विकमा विदेशमा रहेका नेपालीहरूले ई–सेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।
फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्म सञ्चालन हुने यो विशेष अभियानमा भाग्यशाली विजेताहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । जसअन्तर्गत दैनिक पुरस्कार १५ हजार, रोजडे (फेब्रुअरी ७) देखि किसडे (फेब्रुअरी१३) सम्म, हरेक दिन एक जना विजेतालाई र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डे यानिकी प्रणय दिवसको विशेष अवसरमा ३० हजार पाउनेछन् ।
ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, ‘भ्यालेन्टाइन डे भनेको माया व्यक्त गर्ने अवसर हो। यस अभियानमार्फत, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग माया बाँड्ने एक अनमोल अवसर पाउनेछन्।’
ई–सेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट ई–सेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।