शुक्रबार, श्रावण २९,२०८३ 08:42:43
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:42:43
Bizshala
Global IME Bank Limited

ईसेवा मनि ट्रान्सफर र मलेसियाको मर्चेन्ट्रेड एशिया बीच रेमिट्यान्स भुक्तानी सम्झौता

Prabhu Bank Limited
ईसेवा मनि ट्रान्सफर र मलेसियाको मर्चेन्ट्रेड एशिया बीच रेमिट्यान्स भुक्तानी सम्झौता
New Office

काठमाण्डौ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र मलेसियामा अवस्थित मर्चेन्ट्रेड एशिया बीच रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।  

यस सहकार्यले मलेसियामा कार्यरत नेपालीहरूलाई सुरक्षित र अत्याधुनिक प्रविधिमार्फत नेपालमा रकम पठाउन नयाँ ढोका खोलेको छ ।

उक्त सम्झौतासँगै,मलेसियामा रहेका नेपालीहरूले मर्चेन्ट्रेडको सञ्जाल र डिजिटल प्लेटफर्म प्रयोग गरी पठाएको रकम नेपालमा रहेका आफन्तले तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।  

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र मर्चेन्ट्रेडका प्रबन्ध निर्देशक रामासमी के. वीरनले हस्ताक्षर गरेका हुन । अब मलेसियामा बसोबास गर्ने नेपालीहरूले मर्चेन्ट्रेड मार्फत नेपालमा रहेका आफ्ना परिवारजनलाई ईसेवा मनि ट्रान्सफरको माध्यमबाट सजिलै रेमिट्यान्स पठाउन सक्नेछन् ।

CG Motors

सम्झौताबारे प्रतिक्रिया दिँदै ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने, ‘मलेसियाको अग्रणी वित्तीय संस्था मर्चेन्ट्रेडसँगको यो सहकार्य हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण छ । 

अब मलेसियाबाट नेपालमा रेमिट्यान्स पठाउने प्रक्रिया अझ सरल, छरितो र भरपर्दो बनाउनेछ । ‘एक्स्ट्रा ह्याप्पिनेस विथ एभ्रि ट्रान्सफर’ अफरमार्फत नेपाली श्रमिकहरूलाई आफ्नो मेहेनतको कमाइ घर पठाउँदा खुसी प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ । यो साझेदारीले नेपाली आप्रवासीहरूलाई सजिलो सहज वित्तीय पहुँच सुनिश्चित गर्नुका साथै नेपालमा वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ ।”

ईसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू प्रयोग गरी देशव्यापी रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यो संस्था एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो, जसले २ करोडभन्दा बढी व्यक्तिहरू र १ लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ ।

मर्चेन्ट्रेड एशिया मलेसियास्थित एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो, जसले रेमिट्यान्स, डिजिटल भुक्तानी, मुद्रा सटही, र सीमापार वित्तीय समाधान प्रदान गर्दै आएको छ । यसले छिटो, सुरक्षित, र भरपर्दो वित्तीय सेवा प्रवाहलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X