आईतवार, मंसिर १३,२०८३ 01:48:16
  • आईतवार, मंसिर १३,२०८३ 01:48:16
Global IME Bank Limited

इसेवाबाटै किन्न सकिने भयो सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा, एक लाखसम्मको सुरक्षा

Bizshala
इसेवाबाटै किन्न सकिने भयो सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा, एक लाखसम्मको सुरक्षा
New Office

काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्क्यान एन्ड केयर’ (Scan & Care) बीमा योजना खरिद गर्न सकिने भएको छ।

इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्सबीच भएको सहकार्यअनुसार ग्राहकले इसेवा एपबाटै उक्त बीमा योजना खरिद गर्न सक्ने भएका हुन्। डिजिटल प्रविधिमार्फत सर्वसाधारणमा बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले दुई कम्पनीबीच साझेदारी भएको हो।

यस योजनाअन्तर्गत ग्राहकले कुल एक लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। जसमा टर्म लाइफ इन्स्योरेन्सतर्फ ५० हजार रुपैयाँ र सन मेडिकेयर स्वास्थ्य बीमातर्फ ५० हजार रुपैयाँसम्मको सुरक्षा उपलब्ध हुने इसेवाले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी योजना खरिद गर्न सक्नेछन्। ग्राहकको उमेर र बीमा सुरक्षाका आधारमा वार्षिक बीमाशुल्क ७६० रुपैयाँदेखि एक हजार ४०५ रुपैयाँसम्म निर्धारण गरिएको छ।

यसअघि सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय तथा अभिकर्तामार्फत उपलब्ध गराउँदै आएको उक्त बीमा योजना अब डिजिटल माध्यमबाट समेत खरिद गर्न सकिने व्यवस्था गरिएको हो।

यसबाट ग्राहकले बीमा खरिदका लागि शाखा कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम हुने र बीमा सेवा थप सहज तथा प्रविधिमैत्री बन्ने कम्पनीहरूको विश्वास छ।

इसेवाले यसअघि पनि विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरूसँग सहकार्य गर्दै बीमाशुल्क भुक्तानी, नयाँ बीमालेख खरिदलगायत डिजिटल बीमा सेवा उपलब्ध गराउँदै आएको छ।

आगामी दिनमा डिजिटल माध्यमबाट बीमा सेवाको पहुँच थप विस्तार गर्दै सर्वसाधारणलाई सरल, छिटो र सुरक्षित सेवा उपलब्ध गराउने लक्ष्य रहेको इसेवाले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.