आईतवार, मंसिर १३,२०८३ 01:33:00
  • आईतवार, मंसिर १३,२०८३ 01:33:00
Global IME Bank Limited

गण्डकीलाई यसै वर्ष पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य, निसेलढोरमा पनि केन्द्रीय प्रसारण लाइन पुर्‍याइने

Bizshala
गण्डकीलाई यसै वर्ष पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य, निसेलढोरमा पनि केन्द्रीय प्रसारण लाइन पुर्‍याइने
New Office

 

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्यसहित सरकारले काम अघि बढाएको बताएका छन्।

बागलुङको दुर्गम क्षेत्र निसेलढोरमा चालु वर्षभित्रै केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्ने तयारी रहेको उल्लेख गर्दै उनले उक्त कार्य सम्पन्न भएपछि गण्डकी प्रदेश पूर्ण विद्युतीकरण भएको प्रदेश बन्ने दाबी गरे।

बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दुर्गम बस्तीहरूमा विद्युत् पहुँच विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताए।

उनका अनुसार बागलुङको प्रसिद्ध पर्यटकीय गन्तव्य ढोरपाटनमा हालै केन्द्रीय विद्युत् सेवा पुगेको छ। भौगोलिक विकटता र पूर्वाधार निर्माणका चुनौतीका बीच ढोरपाटनमा विद्युत् पुर्‍याउन सफल भएको भन्दै उनले अब त्यहाँबाट करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा विद्युत् विस्तार गरिने जानकारी दिए।

CG Motors
Garima Development Bank
IME remit

चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ। त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्‍याउँछौँ। त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ,’ मन्त्री श्रेष्ठले भने।

दुर्गम क्षेत्रमा विद्युत् विस्तारसँगै स्थानीय नागरिकको जीवनस्तर सुधार, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, मन्त्री श्रेष्ठले बागलुङको दब्ल्याङ पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

पहिरो नियन्त्रणका लागि परम्परागत संरचनागत उपायसँगै बायोइन्जिनियरिङ प्रविधिसमेत अपनाउनुपर्नेमा उनले जोड दिए।

पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले जोखिम न्यूनीकरण तथा दिगो समाधानका लागि आवश्यक काम अघि बढाइने बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.