आईतवार, मंसिर १३,२०८३ 12:54:45
  • आईतवार, मंसिर १३,२०८३ 12:54:45
Global IME Bank Limited

नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय ‘सीईओ क्लब’ सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

Bizshala
नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय ‘सीईओ क्लब’ सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
New Office

 

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशमा ‘सीईओ क्लब’मा छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ।

कम्पनीले मंसिर १२ गते पोखरास्थित होटल पोखरा ग्राण्डमा आयोजना गरेको प्रदेशस्तरीय ‘सीईओ क्लब’ सम्मान कार्यक्रममा करिब १५० जना अभिकर्ताको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकार्यकारी प्रमुख स्मृतीराज कँडेल, प्रमुख प्रबन्धक सुस्मिता राणा, गण्डकी प्रदेश प्रमुख, विभिन्न शाखाका प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरूको उपस्थिति थियो।

कार्यक्रममा सीईओ क्लबमा छनोट भएका अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले क्लबको सदस्यता प्रदान गर्दै सम्मान गरेका थिए। त्यस्तै, ‘नेशनल रत्न’ तथा ‘नेशनल स्टार’ विधामा उत्कृष्ट ठहरिएका अभिकर्ताहरूलाई सम्मानपत्र र चाँदीको मेडल प्रदान गरिएको थियो।

CG Motors
Garima Development Bank
IME remit

यसैगरी, व्यक्तिगत व्यवसाय तथा अभिकर्ता सञ्जालमार्फत गण्डकी प्रदेशमा उत्कृष्ट तीन स्थान हासिल गर्ने अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा अभिकर्ताको भूमिका बीमालेख बिक्रीमा मात्र सीमित नभई नागरिकको आर्थिक भविष्य सुरक्षित गर्ने र बीमासम्बन्धी जनचेतना विस्तार गर्नेसम्म रहेको बताए।

उनले सीईओ क्लबमा स्थान बनाउन सफल अभिकर्ताहरूलाई आगामी दिनमा अझ उच्च व्यावसायिक लक्ष्य निर्धारण गर्दै ‘चेयरपर्सन क्लब’ तथा अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित उपलब्धि एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) हासिल गर्ने दिशामा अघि बढ्न आग्रह गरे।

कम्पनीका उपकार्यकारी प्रमुख कँडेलले अभिकर्ताहरूको मेहनत, लगनशीलता र निरन्तर योगदानकै कारण कम्पनीको व्यावसायिक विस्तार सम्भव भएको उल्लेख गर्दै सीईओ क्लबमा छनोट हुनु व्यावसायिक उत्कृष्टताको महत्वपूर्ण उपलब्धि भएको बताए।

सम्मान कार्यक्रमसँगै अभिकर्ताहरूको व्यावसायिक दक्षता, क्षमता र कार्यसम्पादन अभिवृद्धि गर्ने उद्देश्यले विशेष उत्प्रेरणात्मक तथा व्यावसायिक तालिमसमेत सञ्चालन गरिएको थियो। तालिममा प्रशिक्षक डा. रविन कटुवालले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको समापनमा प्रमुख प्रबन्धक सुस्मिता राणाले सहभागी अभिकर्ता, कर्मचारी, अतिथि तथा प्रशिक्षकप्रति आभार व्यक्त गरिन्।

कम्पनीले अभिकर्ताहरूको क्षमता विकास र व्यावसायिक उत्कृष्टतालाई प्राथमिकता दिँदै आएको जनाउँदै यस्ता कार्यक्रमले जीवन बीमाको पहुँच विस्तार गर्न र अभिकर्ताहरूलाई थप सक्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.