आईतवार, मंसिर १३,२०८३ 01:33:00
  • आईतवार, मंसिर १३,२०८३ 01:33:00
Global IME Bank Limited

राष्ट्रिय युवा परिषद्मा थप १७ सदस्य नियुक्त, मन्त्री यादवले गराए शपथ

Bizshala
राष्ट्रिय युवा परिषद्मा थप १७ सदस्य नियुक्त, मन्त्री यादवले गराए शपथ
New Office

काठमाण्डौ । राष्ट्रिय युवा परिषद्मा थप १७ जना सदस्य नियुक्त भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयले युवाहरूको वृत्तिविकास, हकहित संरक्षण तथा युवामैत्री नीति निर्माणमा भूमिका निर्वाह गर्ने उद्देश्यले परिषद्मा थप सदस्य नियुक्त गरेको हो।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री एवं राष्ट्रिय युवा परिषद्का अध्यक्ष रामजी यादवले नवनियुक्त १७ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

नवनियुक्त सदस्यहरूमा सुशीला चौधरी, रितेश अधिकारी, मो. नाइम राईन, राजेन्द्र अधिकारी, सरफोज खान, अलिया हक, पासाङ डोल्मा गुरुङ, सञ्जिता श्रेष्ठ, सबनम सुनार, प्रेम लक्ष्मी मल्ल, नेत्रबहादुर सिंह तामाङ, सेसेल्स राई, सफल शर्मा, निश्चल चन्द, लक्ष्मी पाण्डे, बिना मल्लिक र जेलिसा कठायत रहेका छन्।

CG Motors
Garima Development Bank
IME remit

यसअघि मन्त्री यादवले गत भदौ २६ गते रबेन्द्र विक्रम शाह, कृष्ण सुनार र विद्या बिष्टलाई परिषद्को सदस्यमा नियुक्त गरी शपथ ग्रहण गराएका थिए।

पछिल्लो नियुक्तिसँगै मन्त्री यादवको कार्यकालमा राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त हुनेको संख्या २० पुगेको छ।

परिषद्ले युवाको क्षमता विकास, रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन, नेतृत्व विकास र युवा अधिकार संरक्षणका क्षेत्रमा नीतिगत तथा कार्यक्रमगत भूमिका निर्वाह गर्दै आएको छ।

नयाँ सदस्यहरूको नियुक्तिसँगै युवाका सवाललाई नीतिगत तहमा प्रभावकारी रूपमा उठाउने तथा युवा लक्षित कार्यक्रमलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.