आईतवार, असार १५,२०८२ 07:31:00
  • आईतवार, असार १५,२०८२ 07:31:00
Global IME Bank Limited

सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातका कारण निधन

Hyundai Nepal
सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको हृदयघातका कारण निधन
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको निधन भएको छ । काफ्लेको हृदयघातका कारण ५० वर्षको उमेरमा गत जेठ २० गते निधन भएको हो ।

बैंकिङ सम्बन्धी एक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका बेला काफ्लेलाई  हृदयघात आएको थियो । उनी ‘बैंकिंग फाइनान्स एण्ड इन्योरेन्स’ नामक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका थिए । हृदयघातपश्चात उनलाई श्रीलंकाको नावालोका अस्पताल लगिएको थियो । जहाँ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्रिभुवन विश्वविद्यालयबाट एमबीएस गरेका काफ्लेसँग बैंकिङ क्षेत्रमा ३२ वर्षभन्दा बढीको अनुभव छ। उनको अनुभव र विशेषज्ञताका क्षेत्रहरूमा ट्रेड फाइनान्स, क्रेडिट सञ्चालन, शाखा व्यवस्थापन, बैंक सञ्चालन, सम्बन्ध व्यवस्थापन (कर्पोरेट क्रेडिट र एसएमई ऋण दुवैमा), परिचालन जोखिम व्यवस्थापन र अनुपालन समावेश छ। उनले ७ वर्षसम्म बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)को रुपमा सञ्चालनको नेतृत्व गरेका थिए ।  

उतले बैंकका विभिन्न विभागहरू जस्तै दायित्व मार्केटिङ (रिटेल बैंकिङ), केन्द्रीय सञ्चालन, केन्द्रीय प्रशासन, सूचना प्रविधि र ट्रेजरी व्यवस्थापनका क्षेत्रमा काम गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.