बुधबार, श्रावण १३,२०८३ 11:33:31
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:33:31
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन सञ्चालनमा
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउने क्रममा काठमाडौं उपत्यकाको दुई प्रमुख स्थानहरू नारायणहिटी पथ र कमलादीस्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।

गाडी चार्ज प्रा.लिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको क्षमता ४० किलोवाट रहेको छ ।

बैंकमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो चार्जिङ स्टेशनहरू शुभारम्भ गरे।  

कार्यक्रमलाई सम्बोधन गर्दै उनले वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले इभी चार्जिङ स्टेशन स्थापना गर्ने रणनीति अघि सारेको र आगामी दिनमा सातै प्रदेश स्थित आफ्नै भवनको प्रांगणमा चार्जिङ स्टेशनहरू स्थापना गरिने घोषणा गरे। 

ती चार्जिङ स्टेशनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ।  

सिटिजन्स बैंकले आधुनिकप्रविधियुक्तचार्जिङ यन्त्रहरू जडान गरी ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो सेवा प्रदानगर्ने लक्ष्य राखेको छ। यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.