आईतवार, असार १५,२०८२ 12:08:48
  • आईतवार, असार १५,२०८२ 12:08:48
Global IME Bank Limited

सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त

Hyundai Nepal
सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । यससँगै ईला शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डले पद तथागोपनियताको सपथ ग्रहण गराएका छन् ।  

कानूनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल ‘ल एन्ड ह्यूमन राइट्स’मा एलएलएम गरेकी छन् । साथै, ‘युनिभर्सिटी अफ हल युके’बाट पनि इन्टरनेशनल बिजनेस ल,इन्टरनेशसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचनसम्बन्धी कानून, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छन् । 

शर्माले काठमाण्डौ विश्वविद्यालय लगायत विदेशी विश्वविद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।

CG Motors
Muktinath Bikas Bank Limited

उनले फूड फस्र्ट इन्फर्मेशनएक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमनइन मिडिया कोे कार्यकारी समितिका साथै साउथ एशियावाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गर्नुका साथै आइआइएल एम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेशनल ह्यूमन राइट्स अध्यापन गराँउदैआएकी छन् । उनी  यसअघि नै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालकको रुपमा समेत कार्यरत थिइन्  ।  

सिटिजन्स बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.