शुक्रबार, जेष्ठ १,२०८३ 02:35:23
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:35:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । यससँगै ईला शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डले पद तथागोपनियताको सपथ ग्रहण गराएका छन् ।  

कानूनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल ‘ल एन्ड ह्यूमन राइट्स’मा एलएलएम गरेकी छन् । साथै, ‘युनिभर्सिटी अफ हल युके’बाट पनि इन्टरनेशनल बिजनेस ल,इन्टरनेशसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचनसम्बन्धी कानून, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छन् । 

शर्माले काठमाण्डौ विश्वविद्यालय लगायत विदेशी विश्वविद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।

Bizshala
New Office
CG Motors

उनले फूड फस्र्ट इन्फर्मेशनएक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमनइन मिडिया कोे कार्यकारी समितिका साथै साउथ एशियावाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गर्नुका साथै आइआइएल एम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेशनल ह्यूमन राइट्स अध्यापन गराँउदैआएकी छन् । उनी  यसअघि नै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालकको रुपमा समेत कार्यरत थिइन्  ।  

सिटिजन्स बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X