सोमबार, बैशाख ७,२०८३ 08:40:52
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 08:40:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश, विविध कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न

Bizshala
सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश, विविध कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापना भएको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको अवसरमा आज देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ। वि.सं. २०६४ बैशाख ७ गते स्थापना भएको बैंकले निरन्तर रूपमा ग्राहककेन्द्रित सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकका अनुसार १९ वर्षको अवधिमा २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले करिब रु. २ खर्ब १६ अर्ब निक्षेप संकलन गरी रु। १ खर्ब ७७ अर्ब कर्जा परिचालन गरेको छ। हाल बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा करिब ९४६ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। यस कार्यक्रममार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

CG Motors
Garima Development Bank
IME remit

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी देशका सातै प्रदेशका २० शाखाबाट ५५० जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

साथै विभिन्न प्रदेशका शाखाहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो, जहाँ करिब ५०० जनाले स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि सेवा निःशुल्क प्राप्त गरेका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.