सोमबार, असार १५,२०८३ 11:49:12
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:49:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकले ३६% ले बढायो नाफा, अरु सूचकको अवस्था कस्तो ?

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकले ३६% ले बढायो नाफा, अरु सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले खूद नाफा बढाएको छ ।  

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ९६ करोडमा सीमित थियो । यसरी हेर्दा बैंकको नाफा गत वर्षको समान अवधिको तुलनामा करिब ३६ प्रतिशतले बढेको देखिएको छ ।

New Office
CG Motors
Garima Development Bank

कर्जा वर्गीकरणमा गरिएको लचक नियामकीय व्यवस्थाका कारण बैंकलाई नाफा बढाउन सहयोग पुगेको देखिन्छ ।  

बैंकले कर्जाको सम्भावित जोखिम व्यवस्थापनका लागि गत वर्ष यही अवधिसम्म २ अर्ब १६ करोड बढी रकम इम्प्येरमेन्ट चार्जको रुपमा राखेको थियो, जुन समीक्षा अवधिमा घटेर १ अर्ब ४८ करोडमा सीमित बनेको छ । यसैको प्रभाव नाफामा देखिएको हो ।  

बैंकले अघिल्लो वर्षको यही अवधिमा  १ अर्ब ३३ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर १ अर्ब ८४ करोड माथि पुर्याएको छ भने यो अवधिमा ४ अर्ब ६७ करोड बढी खूद ब्याज आम्दानी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो वर्ष ८.६८ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ११.२३ रुपैयाँ पुगेको छ भने बैंकको खराब कर्जा अनुपात ६.८२ प्रतिशत रहेको छ ।  

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५० करोडले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ गत वर्षको यही अवधिसम्मको  १५२.७५ रुपैयाँबाट बढेर १५५.९९ रुपैयाँ पुगेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.