Live Update
15 मिनेट अगाडी
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँले ऋणात्मक बनेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा यस्तो देखिएको हो ।
अघिल्लो आवको सोही अवधिसम्म पनि बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोडले ऋणात्मक थियो ।
Live Update
38 मिनेट अगाडी
काठमाण्डौ । प्रभू बैंक लिमीटेड थप जर्जर बनेको छ । केही ठूला कर्जाहरुको घोटालाका कारण समस्यामा फसेको यो बैंकलाई सुधारका लागि राष्ट्रबैंकको गभर्नर डा. विश्वनाथ पौडेलको ठाडो आदेशमा सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिए पनि उनले अवस्थालाई अझै ट्रयाकमा ल्याउन नसकेका वित्तीय विवरणले देखाएको छ ।
समस्यै समस्यामा फसेर केन्द्रीय बैंकले नै टेकओभर गर्ने अवस्थाबाट फर्किएको बैंकलाई सुमन शर्माले नेतृत्व दिन थालेपछि अवस्थामा तात्विक भिन्नताको कुनै संकेत नै नदेखिएको र संस्थाभित्र उल्टो गुटबन्दी, विभेद र असन्तुष्टि व्यापक रहेको कर्मचारीहरुले गुनासो गरिरहेको बेला वित्तीय विवरण पनि सन्तोषजनक नआएको हो ।
Live Update
59 मिनेट अगाडी
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९४ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।
खूद नाफा बढे पनि खराब कर्जा बढेका कारण बैंकको वितरणयोग्य मुनाफा तथा प्रतिसेयर नाफा भने घटेको छ ।
Live Update
1 घण्टा अगाडी
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिसम्म २ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको जनाएको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब ६५ करोडमा सीमित थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानीमा भने ०.२१ प्रतिशतको झिनो गिरावट आएको छ । अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ रहेको ब्याज आम्दानी ७ अर्ब ८७ करोडमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ५२ करोडबाट बढेर १ अर्ब ७३ करोड पुगेको छ ।
Live Update
1 घण्टा अगाडी
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले खूद नाफा बढाएको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ९६ करोडमा सीमित थियो । यसरी हेर्दा बैंकको नाफा गत वर्षको समान अवधिको तुलनामा करिब ३६ प्रतिशतले बढेको देखिएको छ ।
Loading more updates...