शुक्रबार, श्रावण २२,२०८३ 03:12:14
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 03:12:14
Bizshala
Global IME Bank Limited

फाइनान्स कम्पनीहरुको नाफा २७१.२२% ले बढ्यो, अधिकांश सूचकमा मन्जुश्री बलियो

एनपीएल र इपीएसको अवस्था कस्तो ?

फाइनान्स कम्पनीहरुको नाफा २७१.२२% ले बढ्यो, अधिकांश सूचकमा मन्जुश्री बलियो
New Office

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म १५ फाइनान्स कम्पनीले ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि ल्याएको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाले गर्दा फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ ।  

सो अवधिसम्म १२ फाइनान्स कम्पनी नाफामा छन् भने ३ कम्पनी मात्रै घाटामा छन् । गत आवको सोही अवधिसम्म भने ५ कम्पनीले घाटा ब्यहोरेका थिए ।  

सो अवधिसम्म सबैभन्दा बढी मन्जुश्री फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २७.९३ प्रतिशत बढी हो ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा गुडविल फाइनान्स रहेको छ । कम्पनीले ५६५.७२ प्रतिशतले नाफा बढाएको छ ।  

त्यस्तै, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सले भने तेस्रो त्रैमाससम्म घाटा ब्यहोरेको छ ।  

ब्याज आम्दानीमा सामान्य सुधार  

फाइनान्स कम्पनीहरको खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ । तेस्रो त्रैमाससम्म कम्पनीहरुले २ अर्ब ९६ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।  

यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ५.५० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीहरुले २ अर्ब ८० करोड ९४ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।  

सो अवधिसम्म सबैभन्दा बढी मन्जुश्री फाइनान्सले ६८ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा यस्तो आम्दानी बढाउने कम्पनीमा भने गुडविल फाइनान्सले ७२.६२ प्रतिशतले ग्रोथ गरेको छ ।  

गत आवको तुलनामा जानकी फाइनान्स, मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको ब्याज आम्दानी भने घटेको छ ।  

एनपीएलमा देखिए सुधार  

फाइनान्सहरुको नाफामा सुधार देखिएपनि खराब कर्जा अनुपात (एनपीएल)मा भने सुधार देखिएको छैन ।  

सो अवधिसम्म आइपुग्दा ५ कम्पनीले मात्रै एनपीएल घटाएका छन् भने १० कम्पनीको बढेको छ ।  

एनपीएल घटाउने कम्पनीहरुमा मन्जुश्री फाइनान्स, रिलायन्स फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र समृद्धी फाइनान्स रहेका छन् ।  

नेपाल राष्ट्र बैंकका  अनुसार बैंक तथा वित्तीय संस्थाको एनपीएल ५ प्रतिशतसम्म भएमा मात्रै उक्त संस्थाको वित्तीय अवस्था स्वस्थ रहेको मानिन्छ । सो अवधिसम्म तीन फाइनान्स कम्पनी मन्जुश्री, आइसीएफसी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको मात्रै एनपीएल ५ प्रतिशत भन्दा कम छ ।  

इपीएस कुनको कति ?  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी (इपीएस) भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

सो अवधिसम्म सबैभन्दा धेरै इपीएस मन्जुश्री फाइनान्सको २१.६० रुपैयाँ रहेको छ भने सबैभन्दा कम इपीएस समृद्धि फाइनान्सको ०.१२ रुपैयाँ मात्रै रहेको छ ।  

तीन कम्पनी प्राग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको इपीएस भने ऋणात्मक रहेको छ ।  

 

अधिकांशको लाभांश क्षमता ऋणात्मक  

तेस्रो त्रैमासिक विवरणअनुसार अधिकांश फाइनान्स कम्पनी लाभांश दिन नसक्ने अवस्थामा छन् ।  

तीन कम्पनीबाहेक सबैको लाभांश क्षमता ऋणात्मक देखिएको छ । तेस्रो त्रैमाससम्ममा मन्जुश्री फाइनान्सको लाभांश क्षमता २२.६० प्रतिशत, आइसीएफसी फाइनान्सुको १.३८ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.९४ प्रतिशत रहेको छ ।  

यसबाहेक १० कम्पनीको लाभांश क्षमता ऋणात्मक देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.