आईतवार, आश्विन ४,२०८३ 08:06:55
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 08:06:55
Bizshala
Global IME Bank Limited

३०% ले बढ्यो मुक्तिनाथ बैंकको नाफा, अन्य सूचकको प्रगति कस्तो ?

३०% ले बढ्यो मुक्तिनाथ बैंकको नाफा, अन्य सूचकको प्रगति कस्तो ?
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९४ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो ।  

खूद नाफा बढे पनि खराब कर्जा बढेका कारण बैंकको वितरणयोग्य मुनाफा तथा प्रतिसेयर नाफा भने घटेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो वर्षको ९ महिनामा ४.४१ प्रतिशतमा सीमित खराब कर्जा अनुपात बढेर ४.८८ प्रतिशत पुगेको छ । यहीकारण अघिल्लो वर्ष करिब ६२ करोड रहेको वितरणयोग्य मुनाफा घटेर ४४ करोडमा सीमित बनेको छ भने वार्षिकीकृत प्रतिसेयर नाफा ८.०४ रुपैयाँबाट घटेर ७.०२ रुपैयाँमा सीमित भएको छ ।  

बैंकको सञ्चालन मुनाफा १ अर्ब ३ करोडबाट बढेर १ अर्ब ३५ करोडको उचाईमा पुगेको छ भने ३ अर्ब २८ करोडमा सीमित खूद ब्याज आम्दानी समेत वृद्धि भई ३ अर्ब ४४ करोड माथि पुगेको छ । 

खूद नाफा बढ्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी-इपीएस) १३.७१ रुपैयाँबाट बढेर १५.७१ रुपैयाँ पुगेको छ ।  

यस्तै, अघिल्लो वर्ष ०.७५ प्रतिशतमा सीमित रिटर्न अन एसेट बढेर ०.९३ प्रतिशत तथा ८.६६ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी बढेर १०.३८ प्रतिशतको उचाईमा पुगेको छ ।  

नियामकीय व्यवस्थाका कारण बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याउने रकम घटेको देखिएको छ, जसअनुसार अघिल्लो वर्षको यही अवधिसम्म यस्तो चार्जको रुपमा १ अर्ब २३ करोड छुट्याएको बैंकले समीक्षा अवधिमा भने ९२ करोड ५७ लाख रुपैयाँ मात्र छुट्याउनु परेको छ ।  

समीक्षा अवधिसम्म बैंकले १ खर्ब १८ अर्ब ११ करोड बढी निक्षेप संकलन गरी ९८ अर्ब ९७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ खर्ब १७ अर्ब ४३ करोड बढी निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड बढी कर्जा परिचालन गरेको थियो ।  

समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर नेटवर्थ १५५.०९ रुपैयाँ, पीई रेसियो २४.१३ गुणा, तरलता अनुपात २५.५१ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.