सोमबार, असार १५,२०८३ 11:50:48
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:50:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३०% को गिरावट, वितरणयोग्य मुनाफा ३.१० अर्बले ऋणात्मक

Laxmi Sunrise Bank Limited
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३०% को गिरावट, वितरणयोग्य मुनाफा ३.१० अर्बले ऋणात्मक

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा ३०.६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको खुद नाफा घटेर ३ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने केही बढेको छ । अघिल्लो आवमा १ अर्ब ५२ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ६३ करोड पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १० करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेका छ । बैंकले कस्ट अफ फण्ड भने ४.३९ प्रतिशतबाट घटाएर ३.३७ प्रतिशतमा झारेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५ करोड रुपैयाँले रिर्भसल भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९९.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८०४.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१४ गुणा कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.