सोमबार, असार १५,२०८३ 11:49:13
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:49:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.४९.२१ अर्ब नाफा, आधाको खराब कर्जामा देखियो सुधार

इपीएस र लाभांश क्षमतामा को अब्बल ?

Laxmi Sunrise Bank Limited
वाणिज्य बैंकहरुले कमाए रु.४९.२१ अर्ब नाफा, आधाको खराब कर्जामा देखियो सुधार

काठमाण्डौ । वाणिज्य बैंकहरुले नाफामा सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १९.३० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब १२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

अधिकांश बैंकहरुको खुद ब्याज आम्दानी खुम्चिएपनि नियामकीय सहुलियतका कारण नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधाले बैंकहरुको नाफा वृद्धिमा टेवा पुगेको हो ।  

सो अवधिसम्म आइपुग्दा १३ बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ भने ७ बैंकको नाफा गत आवको तुलनामाा घटेको छ ।  

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यो बैंकले तेस्रो त्रैमाससम्म ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३३.९२ प्रतिशत बढी हो ।  

त्यस्तै, गत आवको तुलनामा सबैभन्दा नाफा ग्रोथ गर्नेमा कुमारी बैंक रहेको छ । कुमारीले गत आवको तुलनामा १३६१.७६ प्रतिशतले नाफा बढाएको छ ।  

यता सबैभन्दा बढी नाफा घट्ने बैंकमा भने प्रभु बैंक रहेको छ । प्रभुको नाफा गत आवको तुलनामा ५४.६१ प्रतिशत घट्न पुगेको छ ।

  

New Office
CG Motors
Garima Development Bank

ब्याज आम्दानीमा सामान्य सुधार  

वाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्म १ खर्ब ४२ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यो आम्दानी गत आवको तुलनामा २.०९ प्रतिशत मात्रै बढी हो ।  

गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले १ खर्ब ३९ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।  

बैंकहरुको व्यवसायमा उल्लेख्य प्रगति नदेखिएपनि नियामकीय व्यवस्थाका कारण बैंकहरुले नाफा वृद्धि गर्न पुगेका हुन् ।  

सो अवधिसम्म सबैभन्दा बढी ब्याज आम्दानी गर्नेमा नबिल बैंक रहेको छ । यो बैंकले सो अवधिसम्म १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

त्यस्तै, गत आवको तुलानामा सबैभन्दा व्यवसाय बढाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यो बैंकको ब्याज आम्दानी गत आवको तुलनामा २२.५८ प्रतिशत बढेको छ ।  

आधा बैंकको एनपीएलमा सुधार  

तेस्रो त्रैमाससम्म आइपुग्दा आधा वाणिज्य बैंकको खराब कर्जा अनुपात (एनपीएल)मा सुधार देखिएको छ ।  

गत आवको तुलनामा चालु आवमा एनपीएल घटाउने बैंकहरुमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंक रहेका छन् ।  

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको एनपीएलको अवस्था ५ प्रतिशत वा सो भन्दा कम भएमा वित्तीय अवस्था स्वस्थ भएको मानिन्छ ।  

तेस्रो त्रैमाससम्म ५ प्रतिशत वा सो भन्दा कम एनपीएल भएका बैंकहरुमा भने एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, एनएमबि, नेपाल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।  

सो अवधिसम्म सबैभन्दा धेरै एनपीएल एनआइसी एशिया बैंकको ८.८५ प्रतिशत पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इपीएस कुनको कति ?  

वाणिज्य बैंकहरुको नाफामा सुधार देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

सो अवधिसम्म सबैभन्दा धेरै इपीएस नबिल बैंकको ३३.०२ रुपैयाँ छ । बैंकको इपीएस ७.९७ रुपैयाँले वृद्धि भएको छ ।  

सबैभन्दा धेरै इपीएस वृद्धि हुने बैंक भने कुमारी बैंक रहेको छ । यो बैंकको इपीएस गत आवको तुलनामा १९.७९ रुपैयाँ बढेको छ ।  

सो अवधिसम्म एनआइसी एशिया, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको इपीएस घटेको छ ।  

लाभांश क्षमतामा कुन अब्बल ?  

वाणिज्य बैंकहरुले कमाएको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन् ।  

सोही मुनाफाकै आधारमा बैंकहरुको लाभांश क्षमता मापन हुन्छ । तेस्रो त्रैमाससम्मको अवस्थामा सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको २९.५१ प्रतशित रहेको छ ।  

सो अवधिसम्म ६ बैंक भने लाभांश बाँड्नै नसक्ने अवस्थामा देखिएका छन् । एलआइसी एशिया, हिमालयन, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र सिटिजन्स बैंकको लाभांश क्षमता ऋणात्मक रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.