वाणिज्य बैंकहरूको नाफा ६८ अर्ब नाघ्यो, तर एनपीएलमा देखिएन अपेक्षित सुधार
काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म २० वाणिज्य बैंकले समग्रमा ६८ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३६.४६ प्रतिशत बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ५० अर्ब ४० करोड ७६ लाख रुपैयाँ नाफा कमाएका थिए । ऋण असुलीमा आएको सुधार र कर्जा नोक्सानी...

