आईतवार, आश्विन २५,२०८३ 04:32:37
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 04:32:37
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.६४.५६ अर्ब नाफा, अधिकांशको मुनाफामा सुधार

Bizshala
वाणिज्य बैंकहरुले कमाए रु.६४.५६ अर्ब नाफा, अधिकांशको मुनाफामा सुधार
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

तथ्यांकअनुसार २० बैंकमध्ये १४ वटा बैंकको नाफा बढेको छ भने ६ वटा बैंकको नाफा घटेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले ३२.५२ प्रतिशतले नाफा बढाउँदै ११ महिनामा ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको थियो ।  

दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ ।  नाफा वृद्धिदरका आधारमा भने कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेका छन् । कुमारी बैंकको नाफा ११६८ प्रतिशतले बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८ प्रतिशतले वृद्धि भई ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अन्य बैंकहरूको विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकको नाफा २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । प्राइम कमर्सियल बैंकले २९ प्रतिशतले नाफा बढाउँदै ३ अर्ब ७४ करोड रुपैयाँ कमाएको छ भने एनएमबी बैंकको नाफा १९.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकको नाफा पनि ८ प्रतिशतले वृद्धि भई ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.