मंगलवार, श्रावण ५,२०८३ 09:44:42
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:44:42
Bizshala
Global IME Bank Limited

राष्ट्रिय स्तरका विकास बैंकहरुको रिपोर्ट: नौ महिनामा १ अर्ब बढी नाफा कमाउने एक मात्र विकास बैंक बन्यो गरिमा, धेरै प्रमुख सूचकमा लिड

राष्ट्रिय स्तरका विकास बैंकहरुको रिपोर्ट: नौ महिनामा १ अर्ब बढी नाफा कमाउने एक मात्र विकास बैंक बन्यो गरिमा, धेरै प्रमुख सूचकमा लिड
New Office

काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुको वित्तीय अवस्थामा उत्कृष्ट सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४९.०४ प्रतिशत बढी हो । 

गत आवको तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको छ भने यता बैंकहरुको इम्पेयरमेन्ट चार्ज समेत ह्वात्तै घट्दा बैंकहरुले नाफामा सुधार गरेका हुन् । सो अवधिसम्म ८ वटै विकास बैंकको नाफा गत आवको तुलनामा उल्लेख्य बढेको छ । 

सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्म् आइपुग्दा एक अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ४२.९१ प्रतिशत बढी हो । त्यस्तै, मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख, शाइन रेसुङ्गाले ७८ करोड ८४ लाख, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख, ज्योति विकास बैंकले ६२ करोड ९४ लाख, महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा १०२८.२६ प्रतिशतले वृद्धि भएको छ । बैंकहरुले सो अवधिसम्म कुल १६ अर्ब ४२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ६.२४ प्रतिशत बढी हो । तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय स्तरका सबै विकास बैंकहरुको ब्याज आम्दानी वृद्धि भएको छ ।

 इम्पेयरमेन्ट चार्ज सबैको घट्यो 

तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरुको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवको तुलनामा यस अवधिसम्म सबै बैंकको यस्तो चार्ज घट्न पुगेको छ । सबैभन्दा बढी यस्तो चार्ज घट्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । यो बैंकको इम्पेयरमेन्ट चार्ज गत आवको तुलनामा ८७.२२ प्रतिशतले घटेको छ । 

त्यस्तै, ज्योति विकास बैंकको ७७.२८ प्रतिशत, लुम्बिनी विकास बैंकको ७४.४३ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५१.१९ प्रतिशत, गरिमाको ४५.४७ प्रतिशत, सांग्रिला डेभलपमेन्टको २६.८४ प्रतिशत, मुक्तिनाथ विकास बैंकको २४.९७ प्रतिशत र कामना सेवा विकास बैंकको ९.७५ प्रतिशतले घटेको छ । 

खराब कर्जा अनुपात कुनको कति ? 

राष्ट्रिय स्तरका विकास बैंकहरुको ब्याज आम्दानी, नाफा र इपीएसमा उल्लेख्य सुधार देखिएपनि खराब कर्जा अनुपात (एनपीएल)मा भने अपेक्षित सुधार देखिएको छैन । गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकबाहेक सबैको एनपीएल गत आवको तुलनामा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको एनपीएलको अवस्था ५ प्रतिशत भन्दा बढी भएमा उक्त बैंक वा संस्थाको वित्तीय अवस्था कमजोर हुन सक्ने देखिन्छ । 

सो अवधिसम्म सबैभन्दा कम एनपीएल कामना सेवा विकास बैंकको ४.४० प्रतिशत मात्रै रहेको छ । तर बैंकको एनपीएल गत आवको तुलनामा ०.१३ विन्दुले वृद्धि भएको छ । त्यस्तै, मुक्तिनाथको ०.४७ विन्दुले बढेर ४.८८ प्रतिशत, गरिमाको ०.०१ विन्दुले घटेर ४.७७ प्रतिशत, शाइन रेसुङ्गाको ०.१६ विन्दुले बढेर ४.९२ प्रतितशत, महालक्ष्मी विकास बैंकको १.६० विन्दुले बढेर ६.५९ प्रतिशत, लुम्बिनी विकास बैंकको ०.६९ विन्दुले घटेर ६.४९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको २.९० विन्दुले बढेर ७.८७ प्रतिशत र ज्योति विकास बैंकको २.८५ विन्दुले बढेर ७.८३ प्रतिशत पुगेको छ । 

इपीएस कुनको कति ? 

विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ । सो अवधिसम्म सबैभन्दा बढी इपीएस गरिमा विकास बैंकको रहेको छ । यो बैंकको इपीएस २३.२१ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म बैंकको इपीएस १७.२२ रुपैयाँ थियो । त्यस्तै, शाइन रेसुङ्गाको ६.८७ रुपैयाँ बढेर २०.९३ रुपैयाँ, लुम्बिनी विकासको १८.८४ रुपैयाँ बढेर २०.६७ रुपैयाँ, कामना सेवाको १.३२ रुपैयाँ बढेर २०.०५ रुपैयाँ, ज्योति विकासको ९.७९ रुपैयाँ बढेर १९.०९ रुपैयाँ, सांग्रिलाको १.०२ रुपैयाँ बढेर १७.३० रुपैयाँ, मुक्तिनाथको २ रुपैयााँ बढेर १५.७१ रुपैयाँ र महालक्ष्मी विकासको ०.०४ रुपैयाँ बढेर १३.५९ रुपैयाँ पुगेको छ । 

लाभांश क्षमता कुनको कति ? 

राष्ट्रिय स्तरका विकास बैंकहरुको लाभांश क्षमतामा पनि सुधार देखिएको छ । बैंकहरुले आर्जित मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन् । सोही मुनाफाको आधारमा बैंकहरुले लाभांश क्षमता समेत निकालेका हुन्छन् । तेस्रो त्रैमाससम्मको आधारमा सबैभन्दा बढी लाभांश क्षमता लुम्बिनी विकास बैंकको रहेको छ । यो बैंकको लाभांश क्षमता १७.४० प्रतिशत रहेको छ । 

त्यस्तै, कामना सेवाको १४.१५ प्रतिशत, गरिमाको १३.८९ प्रतिशत, शाइनको १२.५० प्रतिशत, सांग्रिलाको ७.०४ प्रतिशत, मुक्तिनाथको ७.०२ प्रतिशत, महालक्ष्मीको ३.२५ प्रतिशत रहेको छ भने ज्योति विकास बैंकको लाभांश क्षमता ९.८९ प्रतिशत ऋणात्मक रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.