सोमबार, असार १५,२०८३ 11:49:13
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:49:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुम्बिनी विकास बैंकको नाफामा १०२८% को उछाल, ईपीएस २०.६७ रुपैयाँ पुग्यो

Laxmi Sunrise Bank Limited
लुम्बिनी विकास बैंकको नाफामा १०२८% को उछाल, ईपीएस २०.६७ रुपैयाँ पुग्यो

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको समग्र वित्तीय अवस्थामा आकर्षक सुधार आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा अब्बल प्रदर्शन गरेको छ ।

तेस्रो त्रैमाससम्म बैंकले ५६ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०२८.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म भने बैंकले ४ करोड ९७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ७ प्रतिशतले बढेर १ अर्ब ४५ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफामा समेत उछाल आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४ लाख ८० हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा ५२ करोड १२ लाख पुगेको छ । बैंकको लाभांश क्षमता समेत ०.०२ प्रतिशतबाट बढेर १७.४८ प्रतिशत पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको खराब कर्जा अनुपात ७.१८ प्रतिशतबाट घटेर ६.४९ प्रतिशतमा सीमित बनेको छ । रिटर्न अन इक्विटी १ प्रतिशतबाट बढेर १०.०६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २०.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०५.४० रुपैयाँ र तरलता अनुपात २७.०४ प्रतिशत कायम भएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.