लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेपालाई सम्मान
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैंकसँग स्थापनाकाल देखि नै निरन्तर सहयात्रा’ गर्दै शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकोमा बैंकले कार्तिक २३ गते सम्मान गरेको हो ।

